राजपा मा भाँडभैलो, केन्द्रीय कार्यालयमा देखियो यस्तो गाइजात्रा…
काठमाण्डौ । प्रदेश सभाको समानुपातिकबाट सांसद नबनाएको भन्दै बबरमहलस्थित राष्ट्रिय जनता पार्टी (राजपा) को केन्द्रीय कार्यालयमा तोडफोड भएको छ ।

नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष विनोद सिंहको नाम प्रदेशसभा सदस्यको समानुपातिक सूचीमा भए पनि सिफारिसमा नपरेको भन्दै उनका समर्थकले कार्यालयमा आक्रमण गरेका हुन् ।
आक्रोशित कार्यकर्ताले कार्यालयको बोर्ड निकालेर च्यात्नुका साथै फर्निचर तोडफोड गरेका हुन् । उनीहरुले पार्टी नेताको ‘नेमप्लेट’ समेत फ्याँकिदिएका छन् । – काठमाण्डु टुडेबाट


