टोपी दिवस : नेपालमा मात्रै होइन भारतका दार्जलिङ, आसाम, देहरादूनमा पनि मनाउन थालियो

काठमाडौं । दश वर्षदेखि नागरिकस्तरबाट मनाउन थालिएको राष्ट्रिय टोपी दिवसमा यसपटकबाट नेपाल पर्यटन बोर्ड पनि सहभागी भएको छ ।

नेपाली पहिचान संसारमा चिनाउन टोपी दिवसलाई राज्यको तर्फबाट मान्यता दिन पर्यटन बोर्डको सहभागिता भएको आयोजकले बताएका छन् ।

दशौं राष्ट्रिय टोपी दिवसका अवसरमा काठमाडौं लगायत बिभिन्न शहरहरुमा टोपी प्रदर्शन गरिएको छ ।

जागरुक युवा अभियानले विहानै माइतिघर मण्डलाबाट नेपाली टोपीसहित र्‍याली निकालेका छ ।

काठमाडौंको बसन्तपुरमा टोपी दिवस समारोह समितिले गरेको कार्यक्रममा पर्यटन व्यवसायीहरु पनि सहभागी भएको आयोजक समितिका संयोजक जनार्दन अर्यालले बताए ।

त्यस्तै पोखरामा कपडा व्यवसायी संघले निःशुल्क रुपमा ढाका टोपी वितरण गरी दिवस मनाएको छ ।

स्वदेशी उत्पादनको प्रबर्द्धन र नेपाली पहिचानको सम्मानका लागि टोपी जनवरी १ कै दिन टोपी दिवस मनाउन थालिएको आयोजकले बताएका छन् ।

‘हामीले अरुका चाड पर्व र दिवसहरु मनायौं । तर आफ्नै मौलिकता भने बिर्सन थाल्यौं । त्यसैले अंग्रेजी नयाँ वर्षको दिनलाई टोपी दिवसका रुपमा नेपाली पहिचान स्थापित गर्न मनाउन थालिएको हो’ अर्यालले भने ।

‘नेपाली टोपी, नेपालीको शान, मान र पहिचान’ भन्ने नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने गरिको हो ।

त्यसो गर्दा अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्ने उनीहरुले बताएका छन् ।

शताब्दीऔं देखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको छ । यद्यपी नेपालमा भने सन् २००८ देखि मनाउन थालिएको हो ।

१ जनवरीका दिन आ-आफ्नो आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाइ, फोटो खिचेर नेपाली टोपी दिवसको फेसबुकमा र आफ्नो आफ्नो सामाजिक संजालमा शेयर गर्ने प्रचलन बढेको छ ।

भारतको दार्जेलिङ,आसाम,देहरादून लगायतका शहरमा पनि टोपी दिवस मनाउन थालिएको छ । – अनलाइनखबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।