अध्यक्ष ओली अकस्मात परे बिरामी, यस्तो छ पछिल्लो अवस्था…

काठमाडौं, १८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । ओलीको निजी सचिवालयका अनुसार उनलाई सोमबारदेखि झाडा पखाला लागेको छ । विरामी भएकाले ओली सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन् ।

चिकित्सकहरुले ओलीलाई औषधि दिएको र केही दिन घरमै आराम गर्न सुझाव दिएको निजी सचिवालयले जनाएको छ । उनको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको बताइएको छ । ओली आज पनि बालकोटस्थित निवासमै आराम गरिरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖