नवराज सिलवालको गृहमन्त्री हुने सपना पूरा नहुने !, बुधबारसम्म गिरफ्तार गरिसक्ने यस्तो छ प्रहरीको तयारी
काठमाडौँ, १८ पुस । प्रहरीले नवनिर्वाचित सांसद नवराज सिलवाललाई गिरफ्तार गर्न पत्र काटेको छ । काठमाडौं प्रहरी परिसरले पूर्वडिआईजी सिलवाललाई गिरफ्तार गर्न मंगलबार ललितपुर प्रहरीलाई पत्र काटेको हो ।

कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वडिआईजी सिलवाललाई गिरफ्तार गरेर छानविन गर्ने भन्दै प्रहरीले पत्र काटेको बताइएको छ ।
स्रोतका अनुसार सिलवाल घर छोडेर नभागे वा ठूलै राजनीतिक दवाव नअाए प्रहरीले बुधबार गिरफ्तार गर्नेछ ।
प्रहरी प्रमुख अाफूले हुनुपर्ने माग गर्दै अदालतको ढोका पुगेका सिलवालले किर्ते गरेर अाफूलाई बढी नम्बर दिएको अारोप लागेको छ । उनले त्यही किर्ते कागजसहित सर्वोच्चमा मुद्दा हालेका थिए । – अनलाईन डवलीबाट


