संगठन अस्तव्यस्त, आईजिपी अर्याल आफ्नै स्वार्थमा व्यस्त !

काठमाडौं, २० पुस । संगठनभित्र चरम नैराश्यता बढिरहेका बेला प्रहरी महानिरीक्षक प्रकाश अर्याल भने आफ्नै व्यक्तिगत स्वार्थमा केन्द्रीत छन् । नेता र अख्तियारका अधिकारीहरुलाई खुशी बनाएर आफ्नो पद सुरक्षित गर्ने तथा आफ्ना आसेपासेलाई अवसर दिनमा उनी केन्द्रीत छन्।

नेपाल प्रहरीमा सईहरुको बढुवा नभएको डेढ वर्ष भइसकेको छ । कम्प्यूटरतर्फका सईहरुको त २० वर्ष पुग्दा पनि बढुवा भएको छैन । यसमा आईजिपीको कुनै चासो छैन ।

बढुवा नभएपछि प्रहरी अधिकारीहरु राजिनामा दिदै बिदेशीन थालेका छन्। कम्युटर सेवा निर्देशनालयकी डिआईजी किला कसाकार कार्कीले समेत राजिनामा दिइसकेकी छिन्। दुई महिनाअघि एसपी गोरखसिह भण्डारीले समेत राजिनामा दिएका थिए। एक महिनामा सय भन्दा धेरै प्रहरीले राजिनामा दिने गरेका छन्।

आईजिपीकै कमजोरीका कारण अभियुक्तलाई कुटे प्रहरी नै जेल जाने मुलुकी अपराध संहिता ऐन पारीत भइसकेको छ। यो प्रावधानले प्रहरीले अपराध अनुसन्धान नै गर्न नसक्ने अवस्था आउदै छ । उक्त ऐनको विषयमा व्यापक छलफल भएपनि त्यसमा आईजिपी अर्यालले लबिङ गर्न चासो दिएनन्। त्यो प्रावधानले फौजदारी अपराधको अनुसन्धान प्रणाली नै ध्वस्त हुने भन्दै गत शुक्रबार प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा प्रहरी अधिकारीहरुले चिन्ता व्यक्त गरेका थिए।

त्यस्तै यसपटकको यूएन मिसन छनोट पनि चरम विवादमा तानिएको छ। आफ्ना मान्छे पठाउन पटक पटक परिक्षा गरिएको छ।

अर्याल सानो गुटमा रमाएर आफ्ना स्वार्थहरु मात्र पुरा गर्न लागिपरहेको प्रहरी अधिकारीहरुको आरोप छ । – दृष्टीन्यूजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।