भारत भन्छ केन्याबाट ७ जना नेपाली चेलीको उद्दार गर्यौं, नेपाललाई पत्तै छैन !
काठमाडौं, २० पुस। भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बुधबार साँझ ट्वीट गर्दै भनिन्, ‘मानव बेखविखनको जालोमा फसेका ७ नेपालीसहित ३ जना भारतीय महिलालाई केन्याबाट उद्दार गर्यौं ।’

तर, नेपालस्थित परराष्ट्र मन्त्रालयले भने यसबारे अनविज्ञता प्रकट गरेको छ । मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव रामबाबु ढकालले बिहीबार दिउँसो यथास्थिति बुझ्ने प्रयास थालिएको बताए ।
‘दक्षिण अफ्रिकामा रहेको दूतावासमार्फत केन्यमा रहेका नेपाली अवैतनिक वाणिज्यदूतको सहयोगमा यथास्थिति बुझ्ने प्रयास भइरहेको छ’, उनले भने ।
यो पनि हेर्नुहोस्– भारतले लगायो नेपाललाई ठूलो गुण !, केन्यामा बन्दी बनाइएका ७ नेपाली चेलीको गरिदियो उद्दार !


