कांग्रेसका प्रभावशाली नेता डाक्टर रामशरण महतको कोठी सञ्चालकसँग यस्तो कनेक्सन !

काठमाडौं । महिला बेचबिखनमा संलग्न भएको आरोपमा हिरासतमा रहेका एक अभियुक्तलाई छुटाउन पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर रामशरण महतले सुरक्षा निकायका प्रमुखलाई दबाब दिईरहेको खुलासा भएको छ ।

भारतका विभिन्न स्थानमा वेश्यालय सञ्चालन गरि नेपाली युवती बेचिरहेको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवं नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङ छुटाउन महतले चर्को दबाब दिईरहेको खुलासा भएको हो । महिला बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष तामाङमाथि प्रहरीले लामो समयदेखि निगरानी राख्दै आएको थियो ।

भारतका विभिन्न चार स्थानमा कोठी सञ्चालन गरिरहेको तथ्य पत्ता लागेपछि प्रहरीले सुनबहादुरलाई प्रक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले तामाङलाई एक हप्ता अगाडी दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको हो ।

उनलाई छुटाउन डाक्टर महतले प्रधनमन्त्री शेरबहादुर देउवालाई समेत दबाब दिईरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

प्रधानमन्त्री देउवालाई वालुवाटारमै पुगेर उनलाई छुटाईदिन डाक्टर महतले दबाब दिएका हुन् । सुनबहादुर पक्राउ परेपछि नुवाकोट कांग्रेसलाई ठूलो क्षती पुगेको प्रधानमन्त्रीसँगको भेटमा महतले गुनासो गरेको वालुवाटार स्रोतले बतायो । त्यस लगत्तै प्रधानमन्त्री देउवाले प्रहरी प्रमुखलाई फोन गरि सुनबहादुरलाई छोड्न आदेश दिएका थिए ।

सुनबहादुर विरुद्ध नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का तीन जना पीडित महिलाले सिआइबीमा जाहेरी दिएका थिए । पटक पटक अर्थमन्त्री भईसकेका कांग्रेस नेता डाक्टर महत नै कोठी सञ्चालकको पक्षमा लागेर उनलाई छुटाउन प्रधानमन्त्री सम्मलाई दबाब दिएपछि पीडितले न्यायको आशा मरेको गुनासो गरे । प्रधानमन्त्री देउवाले एआईजीलाई तत्काल छोड्न निर्देशन दिएपछि अनुसन्धान गरिरहेका प्रहरी अधिकारी समेत अप्ठारोमा परेका छन्

तामाङले भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेको प्रहरीले अनुसन्धानले देखाएको छ । उनको जेबीरोडस्थित कोठीमा ३५ जना, सोना गार्छेमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठ जना युवती छन् ।

पीडितको बयानअनुसार सबै कोठी उनकी श्रीमती राधा तामाङले सञ्चालन गर्दै आएकी छिन् । ‘मेरी भाउजूलाई सुनबहादुरले १२ वर्षको उमेरमा दिल्ली लगेछन् । त्यहाँ उनकी श्रीमती राधाले कोठी चलाउँदै आएकी रहेछिन्। भाउजूलाई वेश्यावृत्तिमा लगाएछन् । सात वर्षसम्म उहाँले त्यही काम गर्नु भयो। पछि मेरो दाइले त्यहाँबाट उद्धार गरेर गाउँ ल्याएर बिहे गर्नुभयो,’ स्थानीय विष्णु तामाङले भने ।

सुनबहादुरले भारतको विभिन्न सहरका कोठीमा २५० भन्दा धेरै नेपाली युवती लगेर बेचेको बिष्णुको दाबी छ। त्यसमध्ये १५० जना नुवाकोटकै रहेको उनले बताए । ‘उनको पेसा नै चेलिबेटी बेच्ने हो । यस क्रममा उनले २५० भन्दा धेरै नेपाली युवती भारतमा लगेर बेचेका छन्,’ विष्णुले भने । – छलफलबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।