आफ्ना साथीभाइलाई दु:ख दिएको भन्दै वलुको हत्या गरिएको खुलासा, मनोज पुनले घटनाको जिम्मेवारी लिए
रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका खैरहनीमा अज्ञात समुहको गोली लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३८ वर्षीया वलु पौडेलको गोली लागेर मृत्यु भएको रुपन्देहीका प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए ।
आफ्ना साथीभाइलाई अनावश्यक रूपमा दुख दिएका कारण देखाउँदै मीलमा काम गरिरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको रुपन्देही प्रहरीले जनाएको छ । उनी काठ व्यवसाय गर्दै अाएका थिए । टाउकोमा गोली लागेको पौडेलको उपचारको लागि अञ्चल अस्पताल बुटवल लगिएपनि उनको मृत्यु भइसकेको थियो । पौडेल नेकपा एमाले रुपन्देही–१ का अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन् ।
उनीमाथि आफूहरूले गोली चलाएको मनोज पुनको समुहले जिम्मेवारी लिएको छ । स्थानीय एक पत्रकारलार्इ फोन गर्दै पुनको समुहले हत्याको जिम्मेवारी लिएपनि प्रहरीले भने पुष्टि गरेको छैन । पुनको समूहले पाँच लाख चन्दा मागेको र नदिएका कारण गोली प्रहार गरेको पुन समुहले फोनमा बताएको थियो ।
मनोज पुनले आफ्ना साथीभाइलार्इ अनावश्यक रूपमा दुख दिएका कारण उनीमाथी गोली चलाएको बताएको छ । युवा संघका नेता दुर्गा तिवारीमाथि गोली चलाउनु पू्र्व नै आ फुहरूको निशानामा बलु रहेको फोनमा मनोज पुनको समुहले बताएको छ । एस काठमाण्डौबाट ।


