चितवनबाट प्रचण्डले भने,- हामी भारत र चीन परस्त होइनौँ, नेपाल परस्त हौँ

चितवन । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र वाम गठबन्धन भारत र चीन परस्त नभई नेपाल परस्त भएको बताएका छन्।

‘२४० वर्षसम्म शक्तिको स्रोत राजा महाराजालाई भनियो, जनतालाई त्यही सिकाइयो। उनीहरु कहिले चीनतिर ढल्किए, कहिले भारततिर फर्किए’, भरतपुर महानगरपालिकाको पहिलो नगर सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले हामी त्यो जमानामा छैनौं, गणतन्त्रको युगमा छौं, हामी कसैको अधिनस्थ छैनौं, सार्वभौम अधिकार जनतामा सुरक्षित छ। हामी वामपन्थीको स्वतन्त्र विदेश नीति छ, त्यसैका आधारमा वामपन्थी सरकार अघि बढ्छ। हामी भारतपरस्त पनि होइनौं, चीनपरस्त पनि होइनौं, नेपाल परस्त मात्र हौँ।’

प्रचण्डले कम्युनिस्ट शक्ति फुट्दा फुट्दा देश दुगर्तीमा परेको भन्दै कांग्रेसलाई समेत मिल्न सुझाव दिए। ‘अघि कांग्रेसका नेताले मलाई भावी प्रधानमन्त्री भन्नुभयो। तर, म गठबन्धनलाई बलियो बनाएर अघि बढ्ने पक्षमा छु’, प्रचण्डले भने, ‘तपाईं मिल्नेलाई मिल्न दिनुस्, फुटाउनेतिर नलाग्नुहोस्। हामी फुट्दा फुट्दा देशको दुर्गति भयो, अब देश बनाउने बेला आएको छ। हामी कम्युनिष्टहरु मिल्दा तपाईहरु पनि खुसी हुनुहोस्। बरु तपाईं कांग्रेसहरु पनि मिल्नुहोस्।’

उनले राजनीतिक क्रान्ति नयाँ चरणमा पुगेको र अब आर्थिक समृद्धि र विकास गर्नुपर्नेमा जोड दिए। ‘राजनीतिक क्रान्ति नयाँ चरणमा पुग्यो, अब हाम्रो कार्यभार आर्थिक समृद्धि र विकास हो। ६० वर्ष पहिले हाम्रै हाराहारीमा रहेका मुलुकहरु धेरै अगाडि बढे’, प्रचण्डले भने, ‘हामीले अब गम्भीर रुपमा सोच्नुपर्छ, जनताले पटकपटक अवसर दिदैनन्, अहिले पनि जनताले दिएको अभिमतको सम्मान गर्न सकेनौं भने देश अप्ठ्यारोमा पर्न सक्छ।’

नगर सभामा मेयर रेणु दाहालले आर्थिक वर्ष २०७४-०७५ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिन्। प्रस्तावित नीति, कार्यक्रममाथि शनिबारदेखि छलफल गर्ने कार्यतालिका छ। अन्नपूर्णपोष्ट बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।