मनोज पुनले पौडेल हत्याको जिम्मा लिएपनि प्रहरीले अभियुक्त मानेन, यस्तो छ कारण…

रुपन्देही । वसन्त पौडेलमाथि गोली प्रहार भएको २४ घण्टा बितिसकेको छ । तर, अपराधि पक्राउ पर्नु त टाढाको कुरा, प्रहरीले सुटरको पहिचान समेत खुलाउन सकेको छैन् ।

शुक्रवार कालो होण्डा साइन मोटरसाइकलमा मुखमा माक्स लगाई आएका २ जना अपरिचित ब्यक्तिहरुले प्रहार गरेको गोली लागेर रुपन्देहीका काठ ब्यवसायी पौडेलेको मृत्यु भएको थियो ।

रुपन्देहीमा गोली चल्दै गर्दा जिल्ला प्रहरी प्रमुख (एसपी) श्याम ज्ञवाली काठमाडौंमा थिए । गोली चलेको खबर पाएपछि रुपन्देही पुगेका ज्ञवालीले सुटरको पहिचान पनि नखुलेको जानकारी दिँदै भने, ‘अहिलेसम्म सुटर पक्राउ पर्न सकेका छैनन्, हामी अनुसन्धान गरिरहेका छौं ।’

देवदह नगरपालिका–२ ढेकार बस्ने ३५ बर्षीय बसन्त पौडेलमाथी गोली प्रहार भएको केही बेरमा गुण्डा नाइके मनोज पुनले स्थानीय सञ्चारकर्मीलाई फोन गरेर घटनाको जिम्मा लिएका थिए । तर, पुनले यसरी जिम्मा लिएपनि प्रहरीले अहिलेसम्म उनलाई मुख्य अभियुक्त मानिसकेको छैन ।

‘उसले सञ्चारकर्मीलाई टेलिफोन गरेर जिम्मा लिएको रहेछ, तर हामीले मनोज पुन नै मुख्य अभियुक्त हो, भन्न सक्ने अवस्था भैसकेको छैन’ एसपी ज्ञवालीले भने, ‘मनोज पुन मुख्य अभियुक्त होकी हैन भन्नेबारे तथ्यले स्थापित गर्नुपर्छ, हामी तथ्य खोजिरहेका छौं ।’

यसैबीच पौडेल हत्याको विरोधमा आज रुपन्देही बन्दको आह्वान गरिएको छ । एमाले निकट युवा संघ र अनेरास्ववियूले गरेको बन्दका कारण रूपन्देहीकाे जनजीवन प्रभावित बनेको छ ।

हत्यारालाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याई कडा कारबाहीको माग गर्दै बन्द आह्वान गरिएको जनाइएको छ । मृतक पौडेल एमाले कार्यकर्ता समेत हुन् । रातोपाटीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।