कठोर बन्दै राष्ट्रपति ! : प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीलाई गराइन सचेत

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको मतगणना सकिएको तीन सातासम्म परिणाम सार्वजनिक नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार र निर्वाचन आयोगको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै सचेत गराउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगको काम जनमतको सम्मान भन्दा पनि जनमत रोकेर पदीय दायित्व र मर्यादाविपरित केन्द्रित भएको निष्कर्षका साथ राष्ट्रपति भण्डारी कठोर बन्नुभएको हो ।

राष्ट्रपतिले प्रधानमन्त्री देउवा र आयोग पदाधिकारीलाई शीतलनिवासमै बोलाएर सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको आदेशविपरीतका काम सच्याउन सुझाउनु भएको थियो । तर, लामो समयसम्म निर्वाचन आयोगले परिणाम रोकेर राखेपछि राष्ट्रपति निकै कठोर बनेको शीतलनिवास स्रोतले बतायो । संवैधानिक भूमिकामा कतै नचुक्ने अठोट लिएकी राष्ट्रपतिले आमनिर्वाचनमा स्पष्ट बहुमत पाएका एमाले र माओवादी केन्द्र नेतृत्वको वाम पक्षीय लोकतान्त्रिक गठबन्धनको विरोधबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो ।

प्रमुख तीन मध्ये दुई दलको असहमतिका बाबजुद जनमत अनुसारको नयाँ सरकार गठनका लागि निकास खोल्दै अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारी आयोगले दलीय भूमिका खेल्दै निर्वाचन परिणाम रोक्ने काम गरेपछि निकै आक्रोशित बन्नुभएको स्रोतले बतायो । यही आक्रोश राष्ट्रपतिले बिहीबार निर्वाचन आयोगका पदाधिकारीसामु पोख्नुभयो। राष्ट्रपतिको बोलावटमा शीतलनिवास पुगेका प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादव सहितका आयुक्तहरूलाई उनले निकै कडारूपमा सचेत गराउनु भएको हो। निर्वाचन आयोगका पदधिकारीको भूमिका संविधानले तय गरेको जनताको फैसला अन्तिम हुने व्यवस्थाविरुद्ध रहेको भन्दै राष्ट्रपतिले संविधानको संरक्षकको हैसियतले ‘आवश्यक परे कठोर निर्णय लिन’ बाध्य हुने निष्कर्षसमेत सुनाएको आजको सौर्य दैनिकले प्रकाशित गरेको छ ।

‘निर्वाचनको मतगणना सकिसक्यो, सबैले जानकारी पनि पाइसके तर तपाईंहरूले निर्वाचनको परिणाम डोकोमा छोपेर राख्नुभएको छ, यो त पदीय दुरुपयोग नै होला, संवैधानिक निकायमा बसेर गरेको जनतामाथिको बेइमानी नै होला, सबै प्रष्ट हुनोस्, जनादेश रोक्ने कुरा सैह्य छैन र हुन्न पनि,’ आयोग पदाधिकारीलाई सचेत गराउने क्रममा राष्ट्रपतिको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

संविधानले निर्वाचन परिणाम सार्वजनिक नगर भन्ने व्यवस्था गरेको छैन, त्यसैले जनताको फैसला रोकेर राख्ने भुल तपाईंहरूबाट नहोस्, जे वाधा छ, त्यसलाई फुकाउन पहल गर्ने निकाय निर्वाचन आयोग नै हो, तर तपार्इंहरू यो विषयमा कुनै पहल नै नगरी बस्नुभएको छ, उल्टै राजनीतिक दलको भूमिकाजस्तो देखिन्छ,’ राष्ट्रपतिले आयोग पदाधिकारीलाई भन्नुभयो, ‘तपाईंहरूको जस्तै मैले पदको दुरुपयोग गरे के हुन्छ रु जसले जे गर्न पनि पाउने हुन्न, सबै संविधानको मर्म, भावना र जनताको आदेशअनुसार आफ्नो मर्यादाभित्र बस्दा नै उचित हुन्छ ।’

विगतमा भन्दा निकै कठोर रूपमा प्रस्तुत भएकी राष्ट्रपति भण्डारीले आयोग पदाधिकारीले परिणाम बुझाउन कुनै भूमिका नखेलेको र उल्टै राजनीतिक दलको भूमिकामा उत्रिएको तथ्यसमेत राष्ट्रपतिले राखेकी थिइन् । उनले संविधानले निर्वाचन परिणाम रोकेर राख्ने कुनै व्यवस्था नगरेको र समस्या भए आयोग स्वयंले निकास दिनुपर्ने यथार्थबोधसमेत पनि गराइन् ।

‘संविधानले निर्वाचन परिणाम सार्वजनिक नगर भन्ने व्यवस्था गरेको छैन, त्यसैले जनताको फैसला रोकेर राख्ने भुल तपाईंहरूबाट नहोस्, जे वाधा छ, त्यसलाई फुकाउन पहल गर्ने निकाय निर्वाचन आयोग नै हो, तर तपार्इंहरू यो विषयमा कुनै पहल नै नगरी बस्नुभएको छ, उल्टै राजनीतिक दलको भूमिकाजस्तो देखिन्छ,’ राष्ट्रपतिले आयोग पदाधिकारीलाई भन्नुभयो, ‘तपाईंहरूको जस्तै मैले पदको दुरुपयोग गरे के हुन्छ रु जसले जे गर्न पनि पाउने हुन्न, सबै संविधानको मर्म, भावना र जनताको आदेशअनुसार आफ्नो मर्यादाभित्र बस्दा नै उचित हुन्छ ।’ बैठकमा सहभागी स्रोतका अनुसार आयोग पदाधिकारीलाई राष्ट्रपतिले संवैधानिक मर्यादा भुलेर ‘राजनीतिमा सहभागी छौँ’ भन्ने निष्कर्ष सुनाउँदै सचेत गराएकी थिइन् ।

चुनावपछि प्रधानमन्त्री देउवालाई पटकपटक शीतलनिवास बोलाएर संवैधानिक निकास दिन सुझाउनुका साथै सचेत गराउन भएकी राष्ट्रपति भण्डारीले बिहीबार निर्वाचन आयोगका सबै पदाधिकारीलाई बोलाएर जनता र संविधानको दायराभित्र रहेर निकास दिने काम गर्न र राजनीतिक दलको भूमिकामा नउत्रन’ सचेत गराएको स्रोतले बतायो । राष्ट्रपतिले जिल्ला समन्वय समिति गठनबारे कानुन अभाव रहँदा आयोग आपैmँले आवश्यक व्यवस्था गर्न सक्ने तर प्रतिनिधिसभाको परिणाम दिन भने कुनै पहल नगर्ने काम विशुद्ध राजनीतिक रहेको बताउनु भएको थियो ।

‘वाधा फुकाउन प्रधानमन्त्रीलाई भन्ने निकाय पनि आयोग नै होला नि रु किन भन्नुहुन्न रु किन पहल नै गर्नुहुन्न रु खोई तपाइएंहरूको पहल रु’ आयोग पदाधिकारीलाई राष्ट्रपतिको भनाइ थियो । सहभागी एकका अनुसार राष्ट्रपति कठोर रूपमा प्रस्तुत भएपछि आयोग पदाधिकारी केही बोल्न सकेनन् । केवल हामी अब पहल गर्छौं भन्दै चुपचाप बसेका थिए ।

स्रोतका अनुसार राष्ट्रपतिले राजपत्रमा सूचना प्रकाशित गरी पुस पहिलो साता परिणाम बुझाउँछु भनेर आफूलाई के आधारमा भनेको भन्दै प्रमुख आयुक्त यादवलाई दोहोर्याएर प्रश्नसमेत सोधेकी थिइन । पहिला राष्ट्रियसभाबिना चुनावको परिणाम दिन सकिन्न भन्ने कुरा गर्दै गर्नुभएन, अहिले एकाएक यस्तो कुरा कसरी आयो भन्दै राष्ट्रपतिले प्रमुख आयुक्तलाई सचेत गराएको सितलनिवास स्रोतको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।