प्रचण्डको हातमा राष्ट्रपतिको चाबी !, झलनाथ खनाललाई राष्ट्रपति बनाउन प्रचण्ड र बामदेव बीच बन्यो यस्तो योजना…

काठमाडौं, पुस २४ । एमाले उपाध्यक्ष बामदेव गौतम पछिल्लो समय रहस्यमय रुपमा सक्रिय देखिएका छन्। नेकपा एमाले र एकीकृत माओवादीबीच एकीकरणको अन्तिम प्रयास भइरहँदा गौतमको सक्रियता बढेको हो। एकीकरणको विषयमा हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। लगत्तै यस विषयमा पार्टीभित्र छलफल गर्न आज २ बजे एमाले स्थायी समितिको बैठक बस्दैछ।

उपचुनाव जित्ने योजना तुहियो भने बामदेवको करिअर नै चौपट हुन सक्छ । यही कारण प्रचण्डलाई फकाउन बामदेव दौडधुपमा छन्।

यही बीचमा एमाले उपाध्यक्ष गौतम प्रचण्डनिवास खुमलटार पुगेका छन्। हिजो ओलीप्रचण्ड वार्ता भएपछि आज एमालेभित्र छलफल हुने तयारी भइरहँदा आज बिहानै गौतम प्रचण्डनिवास खुमलटार पुगे। खुमलटारमा यी दुई नेताबीच करिब १ घण्टा छलफल भएको बताइएको छ। एमालेभित्र विस्तृत छलफल नहुँदै गौतम यसरी प्रचण्डलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। बामदेव किन गए त प्रचण्डलाई भेट्न ? आफ्नो भविष्य नै प्रचण्डको हातमा परेपछि गौतम यसरी सक्रिय भएको आँकलन गरिएको छ।

गौतम प्रतिनिधिसभामा पराजित व्यक्ति हुन्। उनी सुरुमा माधव नेपाललाई राष्ट्रपति बनाएर नेपालको ठाउँ काठमाडौं २ बाट उपचुनाव जित्दै सांसद बन्न चाहन्थे। तर, नेपालले राष्ट्रपतिमा अनिच्छा देखाएपछि उनी झलनाथलाई फकाउन पुगेका थिए। झलनाथ राष्ट्रपति बन्नका लागि पनि तयार छन्। झलनाथलाई राष्ट्रपति बनाएर बामदेवको बाटो खोलिदिने काममा अब निर्णायक भूमिका प्रचण्डको हुनेछ।

पार्टीभित्र पनि पोजिसन खस्किने र चुनाव हारेका कारण मन्त्री बन्ने बाटो बन्द भएपछि बामदेवका लागि शक्तिमा जाने एउटै माध्यम भनेको उपचुनाव जित्नु नै हो।

प्रमुख कार्यकारी पद प्रधानमन्त्री एमालेले लिएको अवस्थामा राष्ट्रपतिमा माओवादीले दावी गर्न सक्छ। माओवादीका केही नेताले यस्तो अभिव्यक्ति सार्वजनिक रुपमा दिइसकेका पनि छन्। प्रचण्ड ओलीलाई प्रधानमन्त्री बनाउन पनि तयार छन्। तर, माओवादीले ओलीलाई प्रधानमन्त्री मान्दै गर्दा राष्ट्रपतिमा दावी गरिदियो भने बामदेवको पूरै योजना तुहिन्छ। रोचक त के भने उपचुनाव जित्ने योजना तुहियो भने बामदेवको करिअर नै चौपट हुन सक्छ । यही कारण प्रचण्डलाई फकाउन बामदेव दौडधुपमा छन्।

२००५ सालमा जन्मिएका बामदेव अहिले नै ६९ वर्ष पुगिसकेका छन्। यसपटक निर्वाचनमा पराजित भएको हुँदा उपचुनाव नजित्ने हो भने संविधानतः उनको मन्त्री बन्ने बाटो बन्द भइसकेको छ। शक्तिमा जानको लागि उनी ५ वर्षपछि हुने अर्को चुनाव पर्खिने अवस्थामा छैनन् किनकि त्यतिबेलासम्म उनको उमेर ७४ वर्ष पुगिसकेको हुनेछ। पार्टीभित्र शक्तिमा पुग्न पनि उनलाई सहज छैन किनकि पार्टी एकीकरण भएसँगै पदमा दावेदार धेरै हुनेछन्।

झलनाथ राष्ट्रपति पाए ठाउँ छोड्नका लागि तयार पनि छन्। तर झलनाथलाई राष्ट्रपति बनाउन सक्ने क्षमता प्रचण्डसँग छ।

अहिले नै पार्टीभित्र गौतम केपी ओली, माधव नेपाल र झलनाथ खनालपछि चौथो पोजिसनमा छन्। एकीकरणसँगै पार्टीभित्र उनीभन्दा माथिल्लो पोजिसनमा प्रचण्ड आउनेछन्। एकीकरणपछि गौतम चौथोबाट झन् पाँचौं पोजिसनमा धकेलिनेछन्। पार्टीभित्र पनि पोजिसन खस्किने र चुनाव हारेका कारण मन्त्री बन्ने बाटो बन्द भएपछि उनका लागि शक्तिमा जाने एउटै माध्यम भनेको उपचुनाव जित्नु नै हो।

उपचुनाव जित्नका लागि उनलाई झलनाथ खनालले ठाउँ छोडिदिनुपर्छ। झलनाथ राष्ट्रपति पाए ठाउँ छोड्नका लागि तयार पनि छन्। तर झलनाथलाई राष्ट्रपति बनाउन सक्ने क्षमता प्रचण्डसँग छ। एमालेले आफ्नै पार्टीको राष्ट्रपति बनाउन आनाकानी गर्ने छैन तर प्रचण्डले नमानेमा झलनाथ राष्ट्रपति बन्दैनन्। अतः झलनाथलाई राष्ट्रपति बनाइदिएर आफ्नो लागि ठाउँ खाली गराइदिन प्रचण्डलाई फकाउन बामदेव पछिल्लो समय निकै सक्रिय भइरहेको बताइएको छ। गौतम सोमबार विहान साढे दश बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए भने ११ बजेर ४० मिनेटमा बाहिर निस्किएका थिए। – जुमएनपीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।