रेलको लिक निर्माणको काम अन्तिम चरणमा, इन्जिन आए नेपालमा यसैवर्ष रेल चल्ने !

काठमाडौं, २५ पुस । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जनकपुर जयनगर रेलमार्गमा लिक निर्माणको काम अन्तिम चरणमा पुगे पनि लिकमा गुडाउने इन्जिनको विषयमा सरकार अझै अनभिज्ञ छ ।

सरकारले रेलको इन्जिन खरिद गरे अबको एक वर्षभित्र नेपालमा रेल गुड्ने रेल विभागको दावी छ । राजधानी दैनिकले समाचार छापेको छ ।

तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने लिकमा गुडाउने इन्जिनको खरिदको विषयमा छलफलसमेत हुन सकेको छैन ।

झण्डै चार वर्षदेखि बन्द जनकपुर जयगर रेलमार्गको ३४ किलोमिटरको निर्माण कार्य आगामी अक्टोबरसम्म सम्पन्न हुने विभागले जनाएको छ ।

२६ भदौ २०७० मा जनकपुरबाट जयनगरतर्फ आउँदै गर्दा धनुषाको बहुवा ४ मा दुर्घटना भएपछि सो रुटको रेल सेवा अनिश्चितकालका लागि बन्द भएको थियो ।

सोही रुटमा अहिले भारत सरकारको सहयोगमा लिक पुनर्निर्माण कार्य चलिरहेको छ ।

केही दिनअघि सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले लिक निर्माण कार्य अन्तिम अवस्थामा पुगेको भए पनि अहिलेसम्म रेलको इन्जिन खरिद प्रक्रिया सुरु नभएको भन्दै खरिद प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए ।

मन्त्री बलायरले अहिले खरिद प्रक्रिया सुरु गर्ने हो भने यसको लिक तयार हुने समयसम्म नेपालमा रेल आइपुग्ने भन्दै पक्रिया सुरु गर्न निर्देशन दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।