केसीमाथि हात हालेर न्यायलयले आफ्नो खुट्टामा आफै बन्चरो हान्दै छ : रामकुमारी झाक्री

आज सामाजिक सञ्जाल डा गोविन्द केसीमय भएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरु दुर्इ कित्ता देखिए पनि धेरैले डा केसीको समर्थन गरेकाे देखिन्छ ।

डा केसीको समर्थनमा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले माक्रोब्लग ट्वीटरमार्फत सर्वसाधरणलाई सडकमा उक्रिन आह्वान नै गरे । डा भट्टराईको ट्वीटमा १२ जनाले कमेन्ट गरेका छन् भने ६८ पटक रिट्वीट भएको छ । उनको ट्वीटमा २६० जनाले लाइक गरेका छन् ।

त्यस्तै एमाले नेत्री रामकुमारी झाक्री डा केसीलाई सर्वोच्चले दिएको पक्राउ पुर्जीको आदेशविरुद्ध आक्रोसित व्यक्त गर्दै ट्वीट गरिन् । उनले माक्रोब्लग ट्वीटरमा केसीको समर्थन लगालग तीन वटा ट्वीट गर्दै आक्रोस व्यक्त गरेकी हुन् ।

न्यायालयमाथि नै अविश्वास सृजना भएको भन्दै उनले पहिलो ट्वीट गरेकी छिन् । उनले लेख्छिन्, न्यायलय प्रति सम्मान र आस्था हुनुपर्छ र छ पनि। तर त्यही न्यायलय र न्यायमूर्तिहरू भने पालैपालो भ्रष्टचारी, दलाल,माफिया र लुटेराहरूलाई चोख्याउदै जादा मान गर्ने ठाउँ कहाँ रह्यो र श्रीमान रु अनि अवहेलनारु हो यस्तोमा अपहेलना हुन्छ। लगाउँ मुद्दा डा केसीहरू आस्था र मुल्यको लागी लड्छन।

उनले पधानन्यायाधीशको न्यायमाथि नै संका उब्जेको उल्लेख गर्दै दोस्रो ट्वीट गरेका छिन् । दोस्रो ट्वीटमा उनी लेख्छिन्, ‘एनसेलको लाभकर, चुमशलाई थुना मुक्त, गोपाल खड्कारआयल निगम, क्यासिनो र होटल र जुवाघर, आईजीपिसहित दर्जनौ काण्ड हुदै डा शशि शर्मासम्म आईपुग्दा न्यायलयको गरीमा रसातलमा पुगैकै थियो। डा केसीमाथि हात हालेर न्यायलयले आफ्नोविरूद्द दुईटा ध्रुव सिर्जना गर्यो ।’

उनले प्रधान्याधीस पराजुलीले नेतृत्व गरेका न्यायलयमा भएका कयौँ फैसला अस्वभाविक देखिएको भन्दै डा केसीको गिरफ्तारी कायरतापूण रहेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘प्रन्या गोपाल पराजुलीले न्यायलयको नेतृत्व गरेपछिका कयौ यस्ता फैसला छन जसले उनको स्वभाविक र सहिसलामत बर्हिगमन त संभव देखिदैन थियो । यसैको श्रृंखला हो डा गोविन्द केसीको कायरतापूर्ण गिरफ्तारी ।’

त्यस्तै लेखक अजित बरालले भ्रष्टचारको आरोपमा पक्राउ परेका गोपाल खड्का, चुडामणि शर्मालगायतलाई घरको बास दिएर सामूहिक हितका लागि लड्ने गोविन्द केसीलाई जेलको बास बस्नु परेको भन्दै प्रधानन्यायाधीशमाथि कटाक्ष गरेका छन् । उनले लेखका छन्, ‘श्रीमान्हरुको न्याय, गोपाल खड्का, चुड़ामणि शर्माहरु जस्ता प्रमाणित भ्रस्टाचारीहरुलाई घरको बासस बृहत्तर सामूहिक हितका लागि लड्ने गोविन्द केसी जस्तालाई जेलको बास ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।