डा. गोविन्द केसी पक्राउबारे प्रा. डा. सुरेन्द्र केसीको कडा टिप्पणी,- प्रधानमन्त्री रक्सीले मातेर सुतेको बेला आरजुले पो यस्तो गरेकी हुन् कि !

काठमाडौं । आईओएमका डिन डा. शशी शर्मालाई पुनर्वहाली गराउने सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै अनसनरत डा. गोविन्द केसीलाई प्रहरीले रातारात पक्राउ गर्यो ।अदालतको २४ घण्टे पुर्जी काटेको केही मिनेटमै डा. केसीलाई प्रहरीले पक्राउ गरेपछि सरकारको यस्तो कदमको विरोधमा अहिले थुप्रै मानिस सडकमा ओर्लिएका छन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेसका गगन थापा लगायतले डा. केसीलाई पक्राउ गरेको विरोधमा मंगलबार विहानैदेखि भाषण गरे । यसबाहेक बौद्धिक व्यक्तिहरुले सरकारको यस्तो प्रबृत्तिमा विरोध जनाएका छन् ।यही सन्दर्भमा आफ्नो बिचार राख्न राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीलाई नेपालआजको स्टुडियोमा बोलाएका थियौँ । प्रा. डा. केसीले अन्तरवार्ताको क्रममा न्यायालयप्रति आम जनताको विश्वास नरहेको बताएका छन् ।

साथै सर्वोच्च अदालतका फैसलाहरु विवादास्पद रहँदैआएको स्मरण गराए । यस्तै गोविन्द केसी पक्राउको कुरा प्रधानमन्त्री स्वयंले आफूलाई जानकारी नभएको भनी दिएको अभिव्यक्ति लज्जास्पद भएको प्रा. डा. केसीको भनाइ थियो ।गोविन्द केसीलाई हठात पक्राउ गरेको घटनालाई प्रा. डा. सुरेन्द्र केसीले न्यायालयको अशहिष्णुताको रुपमा ब्याख्या गरेका छन् । साथै प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले आफूलाई जानकारी नभएको बताएपछि उनको ‘रक्स्याहा प्रबृत्ति’सँग जोडेर पनि हेरेका छन् । उनले भने, ‘राज्यको अवशान भइसकेको हो की ! प्रधानमन्त्रीले नै अनविज्ञ छु भनेपछि राज्य नै नभएको भान हुन्छ ।’

उनले अघि भने, ‘नेपालका प्रधानमन्त्री अल्कोहोलिक व्यक्ति हुन् । अल्कोहोलिक कन्डिसनमा पनि भनेका हुनसक्छन् । अथवा शासन नै श्रीमतिले चलाउँछिन् भन्ने हल्ला छ । सायद आरजुलाई साँधेर÷बक्साएर यो काम गरिएको हो कि भन्ने भान हुन्छ ।’साथै ‘प्रधानमन्त्री मादक पदार्थले मातेर सुतेको बेला श्रीमतिले गरेको निर्णय’ हुनसक्ने पनि प्रा. डा. केसीको आशंका छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरुले न्यायालयलाई आफूअनुकुल प्रयोग गरेको प्रा. डा. सुरेन्द्र केसीले बताएका छन् ।राज्य संचालकहरुप्रति आक्रोशित हुँदै प्रा. डा. केसीले न्यायप्रति नै जनताको विश्वास गुमेको बताए । जसले गर्दा लोकतन्त्रको नै खिल्ली उडेको उनको तर्क छ ।

– नेपाल आज बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।