केपी ओली प्रधानमन्त्री बनेपछि मात्र नेपाल आउने भए नवराज सिलवाल !

काठमाण्डौ, २५ पुस । कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी नुहँदै मलेसिया पुगिसकेका नेपाल प्रहरीका पूर्वडिआईजी एवं ललितपुर–१ का एमाले सांसद नवराज सिलवाल तत्काल स्वदेश नफर्कने भएका छन् ।

सिलवाल एक कार्यक्रममा सहभागी हुने भन्दै हाल मलेसियाको क्वालालम्पुरमा छन् । उनी बाम गठबन्धनको सरकार नबन्दासम्म नेपाल नफर्कने पारिवारिक स्रोतले जनायो । कुनै चमत्कार नभए बाम गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने करिब निश्चित छ ।

ओली प्रधानमन्त्री भएपछि नेपाल आउँदा लफडाबाट मुक्त हुन सजिलो हुने ठानेर सिलवाल त्यतिञ्जेल उतै बस्ने तयारीमा छन् । श्रोतका अनुसार सिलवाल अमेरिका जाँदैछन् ।

लामो समय संयुक्त राष्ट्रसंघीय मिसनमा समेत काम गरिसकेका सिलवालसँग अमेरिकाको ‘मल्टिपल’ भिसा छ । सर्वोच्च अदालतले प्रहरी प्रमुख नियुक्तिका बेला अरु दाबेदारमध्ये आफू अब्बल रहेको दाबीसहित प्रमाणका रुपमा पेस गरेको कार्यसम्पादन मूल्याङ्कन किर्ते भएको दाबीसहित छानबिन गर्न निर्देशन दिएपछि महानगरीउ प्रहरी परिसर काठमाण्डुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

काठमाण्डौ परिसरले सिलवाललाई पक्राउ गरेर बुझाउन पक्राउ पुर्जी ललितपुर परिसरमा पठाएको छ । – काठमाण्डूटुडेबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।