बैंकक उड्नु अघि ओलीले कस्लाई भने ‘खुराफातीका पिएचडी’ ?

काठमाण्डौं, २६ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस महामन्त्री शशांक कोइरालामाथि ‘खुराफातमा फिएचडी’ गरेको आरोप लगाएका छन् । नियमित उपचारका सिलसिलामा बुधबार बैंकक उड्नुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीलले कोइरालालाई लक्षित गरी ‘खुराफातीका फिएचडी डाक्टर’ को आरोप लगाएका छन् ।

उनले खुराफातका पिएचडीहरुले बाम गठबन्धन भत्काउन निरर्थक मिहेनत गरिरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे । ‘कतिपय खुराफाती विद्यामै डाक्टरी गरेकाहरू बाम गठबन्धन टुटाउन लागेका छन्’, ओलीले भने, ‘वाम एकता भाँड्ने निरर्थक अभ्यास र मिहिनेत नगरे हुन्थ्यो ।’ केसी समयअघि कोइरालाले एमाले र माओवादीबीच फाटो पार्नु काँग्रेसको घोषित उद्देश्य भएको अभिव्यक्ति दिएका थिए । सोही सन्दर्भमा ओलीले कोइरालाको कटु आलोचना गरेका हुन् । आलीले बामपन्थी मिलेकामा नआत्तिन आग्रह गरे ।

अरुलाई मिल्नबाट रोक्न अरुका आन्तरिक मामिलामा नाङ्गै हस्तक्षेप नगर्न ओलीले चेतावनी दिए । ‘एकता देख्न नसक्नेहरु तर्सिएर देशलाई अस्थिरतामा धकेल्न , स्थिरतातर्फ जान नदिन खुलेआम घोषणाका साथ प्रतिक्रियावादी भूमिकामा उद्धत भएको देखिन्छ’, ओलीले भने, ‘म सबैले सुन्ने गरी भन्न चाहान्छु प्रयासहरू सफल हुने छैनन् ।’

ओलीले बाम एकता हुँदैन भन्नेहरुले ‘घाम ताप्ने’ टिप्पणी गरे । ‘खुराफातीमा विद्यावारिधीहरूलाई म भन्दिन चाहान्छु यिनका बुद्धिले यसपटक घाम ताप्छ । पार्टी एकता हुन्छ ।’ उनले एकतापछिको नेतृत्व कसले गर्ने भन्नेबारे सञ्चारकर्मीको जिज्ञाशामा हतारमा जवाफ दिन जरुरी नभएको भन्दै टारे । उनले आफूहरुलाई नेताको देश र चिसो भूइँमा बस्न बाध्य जनताको व्यवस्थापनको चिन्ता रहेको टिप्पणी गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।