अाङकाजीको नेतृत्वमा पृथ्वीनारायण शाहको शरीरमा थुक्दै गरेको भिडियो भाइरल – भिडियो सहित

काठमाडौं । अाज पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती । सरकारले सार्वजनिक विदा दियो । नेपालमा गणतन्त्र स्थापना भन्दा पहिलो अाजैको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइन्थ्यो । गणतन्त्रपछि २०६४ बाट सरकारले पुस २७ लाई एकता दिवस नमनाउने निर्णय गर्दै दिँदै अाएको सार्वजनिक विदालाई समेत खारेज गर्‍यो ।

सरकारको यो निर्णयले राज संस्थाप्रति अास्था राख्ने र पृथ्वीनारायण शाहलाई एकताको प्रतिकको रुपमा मान्‍नेहरुले विरोध गरे । जनयुद्ध र जनअान्दोलनको राप र तापबाट बनेको सरकार र त्यसमा पनि भरखरै राजतन्त्रको विधिवत रुपमा अन्त्य भएकोले सडकमा निस्कने अाट कसैले गरेन । तर, भित्रभित्रै एउटा तप्काले विरोध गरिरहेको थियो ।

त्यसैगरी पृथ्वीनारायण शाहलाई एकता होइन सामान्ती राज्य विस्तार गरेको भन्‍दै राजतन्त्रको नै अन्त्यको लागि जनयुद्ध गरेको माओवादी र अाफ्नो अधिकार खोसिएको भन्दै लामो समयदेखि विरोधमा रहेका अादिवासी तथा जनजातीहरु खुशी भए ।

१२ वर्षपछि फेरि खोलो फर्कियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पुस २७ गते सार्वजनिक विदा नै दियो । सरकारले विगतमा झैं अौपचारिक रुपमा भव्य कार्यक्रम नगरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकलाई माला लगाइदिइन । गणतन्त्र नेपालकी राष्ट्रपतिले सामान्तीतन्त्रको नाइकाको शालिक अगाडि झुकेको भन्दै सामाजिक संजालमा विरोध पनि भइरहेको छ ।

अर्कोतिर अादिवासी जनजाती अगुवाहरुले पृथ्वीनारायण शाहले अाफ्नो अधिकार खोसेको भन्दै कालो दिनको रुपमा विभिन्‍न कार्यक्रम गरे । उनीहरुले अधिकार खोस्नुको साथै जनजातीको नाक काटेको भन्दै हत्यारा भन्दै प्रतिकारात्मक रुपमा पृथ्वीनारायण शाहको शरीरमाथि सामुहिक रुपमा थुकेका छन् । पृथ्वीनारायण शाह लेखिएको कागजमा जनजाती अगुवाहरुले थुकेका हुन् ।

सामान्ती राज्यलाई बलियो बनाउन साना राज्यमाथि दमन गरेको बताउँदै अाङकाजी शेर्पालगायतका जनजाती अगुवाहरुले पृथ्वीनारायण शाह एकताको प्रतिक हुन नसक्ने बताए । सरकारले सार्वजनिक विदा दिएर गणतन्त्रको खिल्ली उडाएको समेत बताए । हेर्नुहोस् भिडियो

– अनलाईन डबलीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।