जब विद्यार्थीले महानगरपालिकालाई काठमाडौंको धुलो बुझाए…

काठमाडौं । धुलोको कारणले बाँच्नै सकस भएको भन्दै विद्यार्थी नेताहरुले काठमाडौं महानगरपालिका कार्यालय प्रवेशद्धारमा धर्ना दिँदै उपमेयरलाई धुलो बुझाएका छन्।

नेपाल विद्यार्थी संघको नेतृत्वमा धुलोको कमी गर्न पहल गरियोस् भन्दै महानगरका मेयर विद्या सुन्दर शाक्यको ध्यानाआर्कषण गराउन विद्यार्थीहरुले महानगरको गेटमा धर्ना दिएका हुन्। शाक्यलाई भेट्न नपाएपछि विद्यार्थी नेताहरुले प्रवेशद्धारमै प्ले कार्डसहित धर्ना दिएका थिए।

‘हामीले विभिन्न ठाउँबाट हावामा उडेको धुलो संकलन गरेर मेयर शाक्यलाई बुझाउन आएका हौं,’ नेपाल विद्यार्थी संघका काठमाडौं जिल्लाध्यक्ष मनोज बैद्यले भने, ‘तर, मेयर शाक्यलाई भेट्न पाएनौं ।’ सयौं विद्यार्थी सहित आएको टोलीले उपमेयर हरिप्रभा खड्गीलाई संकलन गरेर ल्याएको धुलो बुझाएको छ।

‘महानगरवासीको करबाट चल्ने महानगरले नागरिकलाई परेको सास्ती हेर्ने दायित्व पुरा गरेको छैन्,’ विद्यार्थी नेता बलराम ढकालले भने, ‘सोही विरुद्ध हामीले अभियान चालेका हौं ।’ उनका अनुसार महानगरले धुलो नियन्त्रणमा पहल नगरे विद्यार्थीहरु नै धुलोरहित काठमाडौं बनाउन लाग्ने दाबी गरेका छन्। ‘हामी आफैं सडकमा उत्रिएर धुलो कम गर्नेछौं,’ विद्यार्थी नेता वैद्यले भने, ‘त्यो भन्दा अगाडि काम गर्न सक्दैनौं, हाम्रो जिम्मेवारी होइन् भनेर मेयर शाक्यले बोल्नपर्यो।’ महानगरको जिम्मेवारी जनताको सास्तीलाई कमी गर्ने हो भने धुलोको मार खेपिरहेका जनतालाई धुलोमुक्त सहरको अनुभूत गराउनुपर्ने विद्यार्थी नेताले दाबी गरेका छन्।

यता महानगरले भने धुलो नियन्त्रणको लागि काम गरिरहेको जनाएको छ। ‘हामीले धुलो नियन्त्रण गरेर सफा सहर बनाउने क्लिन काठमाडौं अभियान चालिरहेका छौं,’ महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘धुलो हुनुमा महानगरको मात्रै दोष छैन।’ उनका अनुसार महानगरले धुलो नियन्त्रण जती गरेपनि अर्को निकाय आएर भत्काउने र धुलो बढाउने काम भइरहेको छ। मेयर शाक्य भने महानगरका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा गोदावारी गएका छन्। उपमेयर खड्गीले आएर विद्यार्थीले बुझाएको धुलो लिइन्। ‘मैले मेयर शाक्यलाई जानकारी गराउँछु,’ उनले भनिन्, ‘हेर्दै जाउ मेयर शाक्यले के गर्नहुन्छ।’ – नागरिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।