कांग्रेस नेता पौडेलले भने,- पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्। खोकु छिन्ताङमा मारिएकालाई सरकारले ढिैल भएपनि सहिद घोषणा गर्नुलाई सकारात्मक भएपनि प्रयाप्त नभएको पौडेलले बताए।

‘पञ्चायती सत्ताबाट मारिएका छिन्ताङ र आँखीसल्लाका १६ जनालाई सहिद घोषणा गरेर सरकारले सकारात्मक कदम उठाएको छ,’ पौडेलले भने, ‘त्यतिमात्र प्रयाप्त छैन। पञ्चायतविरुद्धका आन्दोलनमा मारिएका सबैलाई न्याय गर्नुपर्छ । उनीहरुलाई पनि सहिद घोषणा गरीयोस्।’

एउटालाई न्याय गर्दा धेरै अन्यायमा पर्न नहुने तर्क गर्दै पौडेलले ओखलढुंगाको टिम्बुरबोटे देखि तत्कालीन समयमा पञ्चायतको बरबर दमनमा मारिएकालाई सहिद घोषणा गरेर परिवारलाई क्षेतीपूर्ति दिनुपर्ने बताए। ‘रामेश्वर, कुसेश्वरसहित धेरैले मुलुकमा लोकतन्त्र स्थापनमा र पञ्चायतकाविरुद्ध रगत बगाएका छन्,’ पौडेलले भने, ‘उनीहरुलाई पनि सरकारले न्याय गर्नुपर्छ।’

आन्दोलनमा लागेकै कारण धेरैको सम्पत्ती तत्कालीन सरकारले जफत गरेको र लुटीएको सुनाउँदै पौडेलले भने, ‘लुटीएका सम्पत्ती र्फिता हुनुपर्छ । होइन भने सरकारले क्षेतीपूर्ति दिनुपर्छ।’

२०३६ कात्तिक २४ देखि २९ गतेसम्म धनकुटाको खोकु छिन्ताङ र आँखीसल्लामा मारिएका १६ जनालाई मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनीहरूलाई सहिद घोषणा गरेको थियो।

खोकु, छिन्ताङ र आँखीसल्लामा २०२६/२७ सालदेखि नै सुरु भएको किसान आन्दोलनलाई तत्कालीन नेकपा मालेका कार्यकर्ता यम बराल, बम देवान, गोविन्द विकल र नेकपा माक्र्सवादीका नेता भक्त बोलना, रुपलाल राईलगायतले संगठित गरेका थिए। यो संघर्ष २०३५/३६ सालमा आएर राज्यसत्ताविरुद्धको आन्दोलनमा परिवर्तन भयो । सामन्ती सत्ताको प्रतीकका रुपमा स्थानीय धनी र धनसार भएकालाई कम्युनिस्ट कार्यकर्ताले कुटपिट र कारबाहीमा उत्रिपछि सरकारले १६ जनाको हत्या गरेको थियो। – नागरिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।