चुनावमा गठबन्धन गरेका दुई मधेस केन्द्रित दलहरुबीच विवाद सुरु, सरकार बनाउने समयमा अलगिने भयो

काठमाडौं । चुनावमा गठबन्धन गरेका दुई मधेस केन्द्रित दलहरुबीच विवाद सुरु भएको छ । निर्वाचनमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच गठबन्धन बनेपनि सरकार बनाउने समयमा भने अलगिने भएका छन् ।

संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ मा सरकार बनाउनका लागि छुट्टै तयारी थालेपछि संघीय फोरम र राजपाबीच विवाद देखिएको हो । प्रदेश नम्बर २ मा दुई दल जोडिदा सरकार गठनका लागि बहुमत पुग्छ ।

तर मुख्य मन्त्री बनाउने विषयमा दुई दलबीच विवाद भएपछि अब संघीय फोरमले सरकार गठनका लागि अन्य दलको साहारा लिने संकेत गरेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले न्युज २४ टेलिभिजनसँगको फोन सम्पर्कमा आफूहरुले प्रदेश सरकार गठनका लागि सबै दलसँगको सहकार्यलाई खुल्ला राखेको जानकारी दिनुभयो ।

उहाँले कुनै एक दलसँगमात्र गठबन्धन हुने भन्नेमा आफूहरु नरहेको भन्दै राजपासँग मिलेर सरकार नबनाउने संकेत गर्नुभयो । यता राजपाले भने संघीय फोरमसँग मिलेरै सरकार बनाउने बताउँदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।