प्रधानमन्त्री देउवाले भने,- अबको केही दिनभित्रै अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्छु

काठमाडौं, पुस ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले अबको केही दिनभित्रै प्रदेश सभाको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने बताएका छन्।

फाईल फोटो

कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटनमा सहभागी भएका प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्। कार्यक्रममा बोल्दै उनले भने,‘सबै दलहरूको सहमतिमा प्रदेश सभाको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न खोज्दा सहमति जुटेन, अबको केही दिनभित्रै आफैँ तोक्छु।’

सो कार्यक्रममा उनले वाम गठबन्धनको तर्फबाट को प्रधानमन्त्री?बन्ने टुंगो लागे आफूले पद छोड्ने बताए। उनले अहिले सरकारले प्रदेशको अस्थायी राजधानी तोकेपनि पछि प्रदेश सभाले त्यसको परिवर्तन गर्न सक्ने अधिकार रहेको बताए। सेतोपाटीमा खबर छ- प्रधानमन्त्री देउवा आइतबार काठमाडौं फर्किदै छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।