ओली मनाउने जिम्मा देउवाले प्रचण्डलाई दिए

काठमाडौं, ३० पुस । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले चाँडै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नेगरि गृहकार्य अघि बढाएका छन् ।

दलहरुवीच सहमति नहुँदा प्रदेशको राजधानी तोक्ने काममा ढिलासुस्ती भैरहेको भनेर आलोचना भैरहेको बेला प्रधानमन्त्री देउवाले प्रमुख दलहरुवीच आन्तरिक सहमति जुटाउने कार्य भैरहेको जानकारी दिँदै आएका छन् ।

देशमा भएका जम्मा ७ प्रदेशमा कांग्रेसले २ वटा प्रदेशमा प्रमुख नियुक्त गर्ने र बाँकीमा पनि दलहरुवीच भागबण्डा मिलाउनेगरि देउवाले तयारी थालेका छन् । स्रोतले दिएको जानकारी अनुसार देउवाले राजपा, फोरम र माओवादी केन्द्रलाई एक/एक प्रदेशमा प्रमुख बनाउन दिने र एमालेलाई २ दिनेगरि छलफल अघि बढाएका थिए । तर, देउवाको प्रस्ताव एमाले अध्यक्ष केपी शर्मा ओलीले ठाडै अस्विकार गरिदिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आन्तरिक सहमति कायम गरेर नै देउवाले यस्तो प्रस्ताव गरेका थिए । तर, एमाले अध्यक्ष ओलीले देउवाको प्रस्तावमा सहमत हुन नसक्ने भन्दै अस्विार गरिदिए । त्यसैले भोलि बस्ने मन्त्रिपरिषदको बैठकमा पनि निर्णय नहुन सक्ने अड्कलबाजी गर्न थालिएको छ ।

एमालेलाई मनाउने जिम्मा अहिले देउवाले प्रचण्डलाई दिएका छन् । तर, प्रचण्ड पनि अहिले देउवाले भनेजस्तोगरि सहमत हुन सक्ने अवस्थामा नभएको भन्दै बिच्चिकएका छन् । एमालेले तीन वटा प्रदेशमा आफूहरुको मान्छे प्रमुख हुनुपर्ने अडान लिँदै आएको छ ।

आफूले प्रस्ताव गरेझैं एमाले–माओवादी केन्द्र सहमतिमा आए एक दुई दिनभित्रै प्रदेश प्रमुख तोकिने देउवाको भनाई रहेको छ । यदि सहमतिमा नआए आफूले ठोस निर्णय पनि चाँडै लिने उनको तयारी रहेको छ । रिपोर्टर्स क्लब ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।