कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतम सहिद भएपछि बन्द भएको नाका अझै खुलेन (भिडियो सहित)

कैलाली । कञ्चनपुरको नेपाल–भारत सीमा नाका बन्द भएको १० महिना बितेको छ । गत फागुन २७ गते कञ्चनपुरको आनन्द बजारमा सीमा विवादका क्रममा स्थानीय गोविन्द गौतमको ज्यान गएपछि बन्द भएको नाका अझै खुल्न सकेको छैन ।

नाका सञ्चालन नहुँदा दुवै देशको सीमा क्षेत्रका बासिन्दालाई सास्ती भएको छ ।

सीमा विवादका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागी आनन्द बजारका स्थानीय गोविन्द गौतमको ज्यान गएको १० महिना बितिसकेको छ । मृत्युपछि उनलाई सरकारले शहीद घोषणा पनि गर्‍यो । तर यति लामो समय बिते पनि सोही घटनापछि बन्द रहेको सीमा नाका भने अहिलेसम्म सुचारु हुन सकेको छैन ।

नाका सुचारुका लागि स्थानीयले विभिन्न निकायमा पहल गरे पनि राजनीतिक पार्टी तथा सरकारी पक्षबाट आश्वासन बाहेक केही पाएका छैनन् । लामो समयसम्म पनि नाका सुचारु नहुँदा आनन्द बजार लगायत पुनर्वास क्षेत्रका जनताले दैनिक उपभोग्य वस्तु खरिदका लागि चोरी बाटो भएर सामान किन्न जानु पर्ने बाध्यता रहेको छ ।

उनीहरुले आवतजावतका लागि नाका सुचारु गर्नुपर्ने माग गरेका छन् ।

पुनर्वासको आनन्द बजार नाका बन्द हुँदा भारतीय पक्षलाई समेत सास्ती भएको आनन्द बजारसँगै जोडिएको बसही बजारका स्थानीयले बताएका छन् । उनीहरु नाका बन्द भएका कारण दुवै देशका स्थानीयबीच रहँदै आएको सुमधुर सम्बन्धसमेत विस्तारै कम हुँदै गएको बताउँछन् ।

भारतको बसही बजार क्षेत्रका स्थानीयले दुवै देशको सरकारी पक्षले चाडोभन्दा चाडो सीमा विवाद मिलाएर वातावरणलाई सहज गर्नुपर्ने बताए ।

सीमा नक्साङ्कनका क्रममा भारतको बसही बजारसम्म नेपाली भूमि परे आफुहरु छोड्न तयार भएको उनीहरुले बताए ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सांसद तारा लामा तामाङले नाका सुचारुका लागि पहल गर्ने बताए । तामाङले प्रहरी प्रशासनसँग समन्वय गरेर नाका खुलाउनका लागि पहल गर्ने आश्वासन दिए ।

सीमा विवादका क्रममा नेपाली तथा भारतीय पक्षबीच पटक पटक विवाद हँुदै आए पनि दुवै देशको सरकारी पक्ष यस विषयमा गम्भीर देखिदैंन । जसले गर्दा दुवै देशका नागरिकबीच पटक पटक झडप हुँदै आएको छ । त्यसैले यस विषयमा दुवै देशको सरकारी पक्ष गम्भिर हुनु जरुरी छ । भिडियो रिपोर्ट हेर्नुहोस्

– बिराज रोस्यारा/ ईमेजखबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।