कांग्रेसका युवा नेता भण्डारी भन्छन्,- कांग्रेस समाप्त भइसक्यो, अधिवेशनबाट देउवालाई हटाउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाको कमजोरीका कारण पार्टी कमजोर भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता भण्डारीले सभापति देउवाले अबका दिनमा कांग्रेसको सफल नेतृत्व गर्नसमेत नसक्ने आरोप लगाएका हुन् ।

प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिँदै देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले समेत नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गर्नुपर्ने माग भण्डारीले राखेका छन् । अहिलेको बुढा पुस्ता असफल भएको उनको तर्क थियो ।

अब तत्काल केन्द्रिय समितिको बैठक बसेर छलफल गर्नुपर्ने र त्यसपछि महासमिति सदस्यहरुको बैठक बसेर विशेष अधिवेशन गर्नुपर्ने माग समेत भण्डारीले अघि सारेका छन् । विशेष अधिवेशनबाट देउवालाई सभापतिबाटट हटाउनुपर्ने उनको जिकिर छ ।

“कांग्रेस समाप्त भइसक्यो । अब पनि यही पुस्ताले नेतृत्व गरिरहने हो भने माथि उठ्न सकिदैन ।” भण्डारीले भने । आफूले गरेको नेतृत्व असफल भइसकेपछि अरुलाई छोड्नुपर्छ भन्ने कुरा देउवाले बुझ्नुपर्ने भण्डारीको तर्क छ । अटेर गरेर पद अोगट्न नहुने भण्डारीले बताए ।

“बाबुआमा धेरै वृद्ध भइसकेपछि छोराछोरीलाई कारोबार हस्तान्तरण गर्नु त सामान्य कुरा हो नि” भण्डारीले भने । कुराकानीका क्रममा भण्डारीले भूमिगत गिरोहबाट बालुवाटार संचालित रहेको दाबी गरेका छन् । – खबरडबलीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।