भारतीय सिमा नाका पुगेरै न्यानो कपडा वितरण गर्दै उपराष्ट्रपतिकी बुहारी !

पुष ३० । समृद्ध नेपाल नामक संस्थाले तराईमा जाडो र शितलहरले कठ्याङ्ग्रीएका पर्साको पकाहाँ मैनापुर गाउँपालिकाको ४ र ५ नं वडामा कपडा वितरण गरेको छ ।

यो गाउँपालिको ५ नं वडामा रहेका ३३ मुस्लिम परिवार, १४ धोवी परिवार, ८ वटा दुसाद परिवार, ५० चमार परिवार, ८ विन परिवार र गिरी परिवारलाई कपडा वितरण गरेको संस्थाकि अध्यक्ष जुन घर्ती मगरले बताइन् ।

विरगन्जबाट करिब ३० किमी टाढा रहेको यो गाउँपालिका भारतसंग सिमाना जोडिएको छ । समान्य फुसको बस्ती रहेको यो वडामा सिमासुरक्षाका लागि सशस्त्र प्रहरी बल राखिएको छ । सिमा सुरक्षा बलका सशस्त्र प्रहरी बलका निरिक्षक लाप्साङ तामाङले समृद्ध नेपालसंग सहजीकरण गरेर कपडा वितरण गर्न पहल गरेका थिए ।

न्यानो पाएपछि ६३ बर्षिया जमुना रावत बरैले भनिन्,‘जाडोले केटा केटी र बुढापाकाहरुलाईं समस्या छ । दिनभरी घाम लाग्दैन कित परालको आगो तापेर बस्नु पर्छ । कि भित्रै खुम्चिएर बस्नु पर्छ ।’

त्यस्तै महन्त शाह नेलीले जाडोमा राहत पाएपछि खुसी व्यक्त गरे । न्यानो पाएपछि शोभा देवि पटेलको मुहारमा पनि खुसी थियो । ‘बुढा पाका र छोरा छोरीले कपडा पाएर खुशि छौ,’ उनले भनिन् ।

सशस्त्र प्रहरी बलका निरिक्षक तामाङले पकाहा मैनापुर गाउँपालिका वडा नम्बर ४ र ५ मा दलित बस्ती रहेको बताए । ‘यहाँ दलित बस्ति बढी छन् । न रोजगारी छ न शिक्षा र जनजेतना नै छ । चिसोका कारण धेरै समस्या भएको छ ।’ – दीयो पोष्ट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।