नेत्र बिक्रम चन्द ‘विप्लव’ कहाँ के गर्दै छन ?
काठमाण्डौ्, पछिल्ला संसदिय निर्वाचनलाई जनताको पक्षमा नरहेको भन्दै शसक्त खारेजी अभियान संचालन गरेको नेपाल कम्युनिस्ट पार्टी हाल के गर्दै छ भन्ने सोधिखोजीको बिषय बनेकोछ ।
स्थानिय चुनाव देखि नै बहिष्कार र खारेजी अभियान संचालन गरेको नेकपाको मुल नेतृत्व बिगत केही महिना देखि ठुला-ठुला सार्बजनिक कार्यक्रममा देखिएका छैनन् । त्यसैले नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लव उनको नेतृत्वमा रहेको पार्टीले के गर्दै छ भन्ने कुरा सर्वत्र चासोको विषय बनेको छ ।
स्थानीय प्रतिनिधि सभा र प्रदेशसभाको चुनावको खारेजी गर्ने घोषणा गरेको नेकपाले उक्त्त निर्वाचनमा आफ्नो उपस्थितिलाई पहिला भन्दा गतिलो ढंग बाट स्थापित उसको तर्क छ ।
निर्वाचन अबधिमा खारेजी अभियान संचालन गरेको नेकपाले निर्वाचन पश्चात् कसरी अगाडि जान्छ भन्ने विषय सबैको प्रतिक्षाको बिषय बनेको छ ।
यसैविच पछिल्लो राजनीतिक परिस्थिति र अब लिने रणनीति को बारेमा निष्कर्ष निकाल्न नेकपाको केन्द्रिय स्तरको बसाइ भैरहेको बुझिएको छ। मिति, स्थान र समय गोप्य राखिएको बसाइले के कस्ता निश्कर्ष निकाल्छ भन्ने प्रतिक्षाको कुरा बनेकोछ ।
मुलुकको राजनीति एउटा अन्योलता तिर गएको भन्दै राजनीतिक बिश्लेषकहरुले अब नेकपाले त्यसमा आफुलाइ थप ब्यवथित र सुदृढ गर्दै संघर्षलाइ निरंतरता दिने सक्ने विश्लेषण गरेका छन । – राजनीति


