प्रचण्डविरुद्ध कांग्रेस नेताको यस्तो चेतावनी : जनयुद्ध सुरु भएकै दिन प्रचण्डविरुद्ध अनसन बस्छु

काठमाडौं, १ माघ । नेपाली काँग्रेसका नेता कालिबहादुर घर्तिमगरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन् । घर्तिमगरले एक महिनाभित्र द्वन्द्व पीडितहरुले आफूहरुले न्याय नपाए सशस्त्र युद्धका क्रममा पीडित बनेका सल्यानका काँग्रेस नेता कालीबहादुर घर्तीमगरले न्याय नपाए अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी दिएका हुन् ।

जनयुद्धको क्रममा अाफूहरु माओवादीबाट पीडित भएको बताउँदै घर्तिमगरले तत्काल राज्यद्धारा पीडितका मागहरु सम्बोधन नभए जनयुद्ध शुरु भएकै दिन अर्थात फागुन १ गतेबाट राजधानीको टुडिँखेलमा अनसन तथा धर्ना बस्ने उत्रिने चेतावनी दिएका छन् । नेता घर्तिमगरले सोमबार काठमाडौंका पत्रकार सम्मेलनको अायोजना गरेर सो चेतावनी दिएका हुन् ।

सल्यान जिल्लाको ढोरचौर गाउँपालिका वडा नम्बर ४ निवासी घर्ती नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुन् । पत्रकार सम्मेलनमा घर्तीले अाफ्नो पार्टी काँग्रेस सरकारमा भएपनि उपचारको लागि निवेदन दिएपनि कुनै सुनुवाइ नभएको बताउँदै भने,‘मेरो पार्टी नेपाली कांग्रेससँग पनि उपचार खर्चको लागि निवेदन दिएँ तर त्यसको सुनुवाई भएको छैन्, मलाई तुरुन्त पार्टी केन्द्रले वा नेपाल सरकारबाट आर्थिक सहायता उपलब्ध गराईयोस् भनि विनम्र अनुरोध गर्दछु ।’

पत्रकार सम्मेलनमा घर्तीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ६० हजार द्वन्द्व पीडितहरुसमक्ष माफी माग्नुपर्ने उनले बताए । सरकारले गठन गर्न आयोगहरु पैसा कमाउने र जागिरमा परिणत भएका बताउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगले कुनैपनि काम नगरी एकवर्षे म्याद थप्न खोजिरहेको अारोप लगाए । अनलाईन डबली



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖