प्रदेश नं १ को अस्थायी राजधानी विराटनगर तोक्ने मन्त्रीपरिषदको तयारी, को–को प्रदेश प्रमुख र कहाँ राजधानी ? – यस्तो छ आजको बैठकको तयारी
काठमाडौं । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ । दिउँसो साढे ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले सात प्रदेशका प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने बालुवाटार स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नका लागि सबै दलसँग परामर्श गरिसकेको बताइएको छ ।
भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, सञ्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको हिसाबले ती अस्थायी सरकारमुकाम तोकिने बताइएको छ ।
प्रदेश नं १ को विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं ३ को भक्तपुरको ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढी अस्थायी मुकाम तोक्ने तयारी रहेको स्रोतले जानकारी दियो ।
प्रदेश प्रमुखका लागि त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायतको नाम चर्चामा रहेको छ । -खबरडबलीबाट


