महोत्सवमै ज्योती मगरले के गरिन यस्तो ? जताततै उनैको चर्चा र आलोचना – हेर्नुहोस् भिडियो सहित

म्याग्दी, २ माघ । बेनीमा जारी छैटौं म्याग्दी महोत्सव तथा माघेसंक्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला संगीतमय बन्न थालेको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीले महोत्सव संगीतमय बनेको हो । महोत्सवको चौथो दिन पनि चर्चित राष्ट्रिय कलाकारहरुले आफ्नो साँगेतिक प्रस्तुतीहरु राखेका छन् ।

सोमबार म्याग्दीकी लोकप्रिय लोकगायिका लाली बुढाथोकी, लोकगायक थानेश्वर गौतम, गायिका ज्योती मगर गायक जिवन कार्की, प्रकाश दुतराज लगायतका कलाकारहरुले आफ्नो साँगेतिक प्रस्तुती राखेका थिए ।

सो अवसरमा गायीका बुढाथोकी, गायक गौतम लगायतले मौलिक भाकाका गितहरु प्रस्तुत गरि दर्शकहरुलाई आकर्षित गरेका थिए ।

सो अवसरमा बेनीमा रहेको फ्रि स्टार डान्स गुप्रपले धौलागिरिमै पहिलो पटक एरोविक डान्स प्रस्तुत गरेका थिए । महोत्सवमा आफ्नो पस्तुती राखेका कलाकारहरु मध्ये सबैभन्दा बढी चर्चा र आलोचना गायीका ज्योती मगरको भएको छ ।

आफ्नो शरिरका सम्बेदनशिल अंगहरु समेत देखिने गरि स्टेजमा आफ्नो साँगेतिक प्रस्तुतिहरु राखेकी उनलाई युवासमाजले हुटिङ गर्दै साथ दिएका थिए भने गायीका मगर समेत दर्शकदिर्घा भएकै ठाउँसम्म पुगेर गाउन भ्याएकी थिईन् ।

उनको प्रस्तुतीलाई लिएर यतिबेला सामाजिक सञ्जालहरुमा आलोचकहरुले निकै टिकाटिप्पणी गरेका छन् । उनले लगाएको भेषभुषा र उनले प्रयोग गरेका शब्दहरुप्रति लोकसंस्कृतिको पारखीहरुले चर्को विरोध गरेका छन भने कतिपयले उनको पहिचान भनेकै अश्लिल र युवाजमातलाई आकर्षित गर्नु रहेकाले उनले गरेको साँगेतिक प्रस्तुती सही रहेको तर्क समेत गरेका छन् । शिषेश गरि उनले राखेको साँगेतिक प्रस्तुती छाडापन भएको भन्दै चर्को विरोध भएको छ ।

यद्यपी आफ्नो साँगेतिक प्रस्तुतीकै क्रममा गायीका ज्योती मगरले आफुले तिघ्रा देखाउने गरि कपडा लगाएपनि आफ्नो मन सफा रहेको तर्क समेत गर्न भ्याएकी थिईन् । उनले मानिसको इजजत कपडाले नछोपिने बताउँदै मानिसको मन, उनको व्यवहार र जिम्मेवारीले उसको इज्जत हुने बताएकी थिईन् । सोमबार साँझ उनको प्रस्तुती भएसंगै सामाजिक सञ्जालमा उनको बारेमा म्याग्देलीहरुले निकै चर्चा गरेका छन् ।

– म्याग्दी अनलाईनबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।