सुवास नेम्बाङको आक्रोश,- देउवाले गर्न खोजेको के ?

काठमाडौं, २ माघ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल प्रदेश प्रमुख नियुक्त नगरेर के गर्न खोजेको भन्दै आक्रोश पोखेका छन् ।

निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय दलका नेताहरुवीचको छलफल भर्खरै सम्पन्न कैठकपछि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानीमा उनले भने,‘देउवाजीले गर्न चाहीँ के खोज्नुभएको हो, मैले बुझ्न सकेको छैन, किनकी उहाँको कार्यशैली चित्तबुझ्दो छैन, हामीले सम्पूर्ण अधिकार दिईसकेका छौं, छिटो प्रदेश प्रमुख तोक्नुहोस् भनेर तर उहाँ सहमतिको नाममा समय व्यतित गर्ने र सत्ता लिप्सा देखाईरहनुभएको छ, यो गलत कुरा हो।’

त्यस्तै आयोगको कार्यालयमा आज भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय सभाको निर्वाचन तयारीबारे जानकारी गराएका थिए ।

बैठकमा वाम गठबन्धनबाट नेताहरु सुवा नेम्बाङ, देव गुरुङ, राम नारायण विडारी र नारायणकाजी श्रेष्ठ थिए । यता कांग्रेसबाट नेता बालकृष्ण खाँण र रमेश लेखकको सहभागिता थियो । त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको पनि उपस्थिति थियो ।

नेम्बाङले भने,‘आयोगले निर्वाचनको तयारीबारे हामीलई जानकारी गरायो, हामीले सुझाव राख्यौं ।’ उनले अहिलेसम्म वर्तमान सरकारले प्रदेश प्रमुख तोक्न नसकेको कुराहरु आफूहरुले राखेको पनि सुनाए । उनले भने,‘हामीले त भन्दै आएका छौं कि सरकारले गर्नुहोस् तपाईहरुको अधिकारको कुरा हो भन्यौं।’

निर्वाचन आयोगले पनि आज छलफलका लागि प्रमुख पाँच दललाई बोलाएको छ । प्रदेश प्रमुख नियक्तिमा भएको ढिलाई, त्यसले पार्ने प्रभाव, राष्ट्रिय सभा निर्वाचनको विधि र अन्य संवैधानिक तथा कानुनी जटिलतावारे छलफलका लागि आयोगले राष्ट्रिय दललाई बोलाएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको ४० दिन कटेपछि ती दुुवै सभाले पूर्णता पाएका छैनन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।