चर्कियो धनकुटामा आन्दोलनः घम्साघम्सीमा एक घाईते, यसकारण प्रशासकलाई पानीमुनी गए पनि नछोड्ने… (भिडियो सहित)

धनकुटा खबर । क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने क्रममा आन्दोलनकारी र सुरक्षाकर्मी बीच घम्साघम्सी हुंदा १ जना घाईते भएका छन् । प्रदेश सभासद क र ख का समासद् द्वय निरन राई र ईन्द्रमणी पराजुलीको नेतृत्वमा तालाबन्दी गर्न गएको टाली बीच प्रशासनको गेटमा घम्साघम्सी हुंदा धनकुटा ६ का जेसिस श्रेष्ठ घाईते भएका हुन् ।

केहि समयको घम्साघम्सीपछि आन्दोलनकारीहरुले प्रशासनको मूल गेट तोडेर प्रशासनमा पुगेर क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह बिरुद्ध नाराबाजी गरेका थिए । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउने आन्दोलन चलिरहँदा उनी कार्यालयमा उपस्थित नभएकोले कार्यालयमा तालाबन्दी गरिएको आन्दोलन संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । गएको ३३ दिन देखि जारी राजधानीको आन्दोलन र यस बीच बिभिन्न समयमा घोषित अनिश्चितकालीन आम हडतालहरुले धनकुटाको जनजीवन प्रभावित हुंदै गएको छ ।

यसै बीच धनकुटा राजधानी नभएमा क्षेत्रिय प्रशासक र सिडियो यसको जिम्मा लिई जवाफ दिनु पर्ने बताईएको छ । १७ औं दिन देखि क्षेत्रीय प्रशासन कार्यलय प्रसाशक बिहिन भएको छ । धनकुटेली जनताले पानीमुनी गए पनि प्रशासकलाई नछोड्ने आन्दोलन परिचालन समितिका सम्योजक सुन्दरबाबु श्रेष्ठले प्रशासन कार्यालय घेराउ क्रममा प्रशासकका बिरूद्व नाराबाजी गरिरहेको समयमा बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।