जब ‘डन’ चरीकी प्रेमीकाले प्रचण्डसँग राखिन् यस्तो प्रस्ताव, यौन शोषणबारेको बुँदा देखेर प्रचण्ड चारछक्क…

काठमाडौँ । नेकपा –माओवादी केन्द्र)का अध्यक्षलाई खुश्बु ओलीले ज्ञापनपत्र बुझाएकी छन् । गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ की प्रेमीको भनेर चर्चामा आएकी खुश्बुले आफूले संचालन गरेको संस्थाको तर्फबाट ज्ञापनपत्र बुझाएकी हुन् ।

खुश्बुले सञ्चालन गरेको आश्रय सेल्टर नेपालको तर्फबाट असहाय, अनाथ तथा सडक बालबालिकाको संरक्षणका लागि विस्तृत कार्यक्रम र भौतिक पूर्वाधारको विकासमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र बुझाएकी छन् ।

मानव बेचबिखन, यौन शोषण, बालबालिकाको प्रयोग रोक्न राज्यले आवश्यक कार्यक्रम नल्याएको बताएकी छन् । केही कार्यक्रम आएका भएपनि व्यावहारिक कार्यान्वयन हुन नसकेको खुश्बुको दाबी छ । उनले ज्ञापनपत्रमा विश्वकपमा छात्रहरुको सहभागीतालाई पनि उठाएकी छन् ।

“यो विश्वकपमा २२ देशबाट २४ टिमको सहभागिता रहनेछ । जसमा छात्र र छात्रामा समान १२–१२ टिम छन् । नेपालले पहिलो पटक छात्र टिममा भाग लिन लागेको हो । आगामी विश्वकपमा छात्रालाई पनि सहभागी गराउने हाम्रो लक्ष्य छ” ज्ञापनपत्रमा उल्लेख छ ।

त्यसैगरी खुश्बुले नेपालमा सडक, अनाथ तथा असहाय बालबालिकालाई संरक्षण र उचित शिक्षा दिक्षाको प्रबन्ध गर्ने कार्य लक्ष्यअनुसार अघि बढ्न नसकेको भन्दै प्रचण्डको ध्यानाकर्षण गराएकी छन् ।

गुण्डा नाइकेकी प्रेमीकाको सामाजिक कार्यप्रतिको चिन्ता देखेर प्रचण्ड चकित परेका छन् । ज्ञापनपत्र बुझ्दै प्रचण्डले खुश्बुले उठाएका कुराको आफूले पहल गर्ने बताए ।

२०७१ साउन २१ गते चर्चित चरीलाई प्रहरीले काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा इनकाउन्टर गरेको थियो । प्रहरीले मुडभेडमा मारिएको भनेर प्रचार गरेको थियो । त्यति बेला घटनास्थलमै तत्‍कालिन महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख (एसएसपी) पुष्कर कार्की पुगेका थिए । कार्कीले प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी फायर गर्दा चरीको मृत्यु भएको बताएका थिए ।

मोटरसाइलकमा सवार चरीमाथि प्रहरीले ८ राउन्ड गोली प्रहार गरेको थियो ।

धादिङका राधे भण्डारीमाथि खुकुरी हानेको अभियोग लागेपछि चरी केही समयदेखि फारर थिए । काठमाडौं अाएको केही दिनमै प्रहरीले इनकाउन्टर गरेको थियो ।

नेकपा एमालेको तत्‍कालिन धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्षसमेत भएर एमाले राजनीति गरेका थिए । चरीले एमाले अध्यक्ष केपी शर्माको अाडमा गुण्डागर्दै गरेको अारोप लाग्दै अाएको थियो । त्यसअघि राधे समूहले गोली हान्दा ओलीले कडा विरोध गरेका थिए ।

खुश्बुले चरीलाई प्रहरीले इनकाउन्टर गरेको भनेपछि एमालेका सांसदहरुले संसद भवनमै अावाज उठाएका थिए । त्यसपछि मोडल खुश्बु एकाएक चर्चामा अाएकी थिइन् । चरीको सम्पतीको मालिकको रुपमा खुश्बुलाई हेरिएको थियो । उनले चरीको कति सम्पती अाफ्नो नाममा बनाइन् भन्‍ने केही जानकारी छैन ।

खुश्बुले अहिले विवाह गरिसकेकी छन् । त्यति बेला एमाले अध्यक्ष ओली प्रधानमन्‍त्री थिए । उनि विवाह समारोहमा पुगेका थिए । खुश्बुले ओलीलाई अंगालो मारेकी थिइन् ।

ओली निवासमा बाक्लै देखिने खुश्बु प्रचण्डसँग भने पहिलो पटक देखिएकी छन् ।

– अनलाईन डबलीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।