दिनभरी बामदेवसँग, रात परेपछि विरोधीसंग, जिल्ला युवासंघ अध्यक्ष ध्रुवको दोहोरो चरित्र, यसरी खुल्दैछ बर्दिया निर्वाचनको पर्दा
बर्दिया जिल्ला युवा संघका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बामदेवलाई हराउनकालागि बैठक बसेको कुरा खुलेको छ । सोही बैठकका सञ्चालकले नाम नबताउने सर्तमा बामदेवलाई नै हराउने उद्येश्य राखेर बसिएको बैठकको अध्यक्षता युवासंघका अध्यक्ष थापाले गरेको बताए ।

सञ्चालकले भने,“शुरुमा त उनले आफुलाई अप्ठ्यारो पर्छ भनेर मानेका थिएनन् तर पछि श्याम ढकालले परेको म बेहोर्छु भनेपछि अध्यक्ष थापाले श्यामको कुरा मानेर आफ्नो अध्यक्षतामा बैठकको माईनटींग गर्न अनुमति दिएका हुन् ।”
युवासंघ जस्तो गरिमामय पदमा रहेका थापा नै बामदेव हराउने योजना बनीरहेको बैठक हो भन्ने जान्दा जान्दै आफ्नै अध्यक्षतामा बैठक बसाउनु निकै नै गैरजिम्मेवार र हराउ अभियानका दोषिका रुपमा ठहरिन्छन् भन्छन् सञ्चालक । सञ्चालकले थपे,“बैठक युवाहरुको भेला हो भन्दै बोलाईएको थियो । जस्मा मलाई सञ्चालकको जिम्मेवारी दिईएको थियो । बैठक बाँसगढीको टाईगर टपमा बसेको थियो । जस्मा श्याम ढकाल, खडक बहादुर खडका, पुर्ण आर्चाय लगाएत अन्य जिल्लाका शिर्ष नेता र थुप्रै कार्यकर्ताहरुको उपस्थिति थियो ।”
उनले सम्झंदै भने,“छलफल चलिरहंदा तोयनाथले बामदेवलाई जसरी पनि हराउनतिर लाग्नु पर्छ भन्ने कुरा खुलाएपछि हामीले बामदेवका विरुद्धमा बोलाईएको बैठक रहेछ भन्ने बुझ्यौं र कार्यक्रम सञ्चालन गर्न छाडेर केही साथीहरु त्यहाँबाट बैठक बहिस्कार गरि हिंड्यौं ।”
बामदेवलाई हराउनकालागि टाईगर टपको बैठकमा चुनावी अभियानका विषयमा छलफल गर्नु छ भन्दै झुक्याएर बोलाईएका अर्का सहभागि थल बहादुर मल्लले पनि ध्रुवकै अध्यक्षतामा बैठक बसेको बताए ।
उनले भने,“त्यो बैठक बामदेवलाई हराउनकालागि बसालिएको बैठक रहेछ भन्ने कुरा त त्यहाँ छलफल शुरु भएपछि मात्र थाहा भएको हो । त्यो कुरा जान्दा जान्दै किन ध्रुवले आफ्नो अध्यक्षतामा बैठक सम्पन्न गराउन अनुमति दिए रु यस कारण उनी पनि दोषि ठहरिन्छन् ।”
युवासंघका जिल्ला अध्यक्ष ध्रुव थापाकै अध्यक्षतामा बामदेवलाई हराउन बैठक बसिएको भन्ने कुरा कार्यक्रम सञ्चालक र थल बहादुरले मात्र नभई सोही बैठकमा प्रत्यक्ष रुपमा सहभागिता जनाएका बाँसगढी नगरपालिकाका मदन भण्डारीले पनि बताए ।
भण्डारीले भने,“श्याम ढकालको निर्देशनमा ध्रुवले आफ्नो अध्यक्षतामा बैठक बस्ने अनुमति दिएर उनैको अध्यक्षतामा बैठक बसेको थियो । त्यस बैठकमा हामीलाई युवा भेला भनेर बोलाईएको थियो । त्याहाँ पुगेपछि मात्रै थाहा भयो त्यो बैठक बामदेवको विरुद्ध चर्को आलोचना गर्दै उनलाई हराउने योजनाको रहेछ ।”
पार्टीको नीति भन्दा विपरित गएर पार्टी प्रतिनीधिबाट उठेको उम्मेद्धारलाई नै हराउने योजनाको बैठक स्वीकार्य नभएको भन्दै आफु लगाएत केहीले बैठक बहिस्कार गरेको मदनले बताए । मदनका अनुसार युवासंघ नेपाल जिल्ला अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बसेको उक्त बैठकमा श्याम ढकाल, खडक बहादुर खडका, पुर्ण आर्चाय, कौशिला सिंह ठकुरी लगाएतको सहभागिता थियो ।
तिनै ध्रुव हुन् जो निर्वाचनको प्रचारप्रसारका क्रममा दिनभरी बामदेव गौतम र उनका छोरा हरिसदेव गौतमसंग नजिक देखिन्थे । दिनभरी कहिले बाबुसंग त कहिले छोरासंग चुनाव प्रचारमा हिड्ने तर अर्कोतिर उनी बामदेवलाई हराउन भन्दै बैठक बोलाउने गरेको प्रत्यक्षदर्शीले बताए । आफ्नै नेता कार्यकर्ताले यस्तै द्धैध चरित्र निर्वाह गरेकै कारण बामदेवले बर्दिया क्षेत्र नं १ मा प्रतिनिधिसभा निर्वाचनमा झिनो मतान्तरले हार बेहोर्नु पर्यो । – लाईट नेपाल ।


