प्रहरी एसपी ले च्याप समातेर हातपात गरेपछि… हातमा लाठीलिएर उत्रिए सडकमा धनकुटेली, प्रहरीको गाडि तोडफोड – भिडियो सहित

धनकुटा खबर । बजार बन्द गराउँदै हिंडेका १ आन्दोलनकारीको आशंकामा एक ब्यक्तिलाई प्रहरी प्रमुखले नियन्त्रणमा लिन खोजेपछि प्रहरीको गाडि तोडफोड गरिएको छ ।

आन्दोलनकारीहरुले बिहान साढे ८ बजे तिर धनकुटा बजार बन्द गराउँदै हिंडेपछि जिल्ला प्रहरी कार्यालयका एसपी सुदिपराज भण्डारी गाडि लिएर आएका थिए ।

उग्र भएका आन्दोलनकारीहरुले एसपी चढेर आएको ना. १ झ १३१४ नं.को गाडी तोडफोड गरेका थिए । मदन चौकमा भएको उक्त घटनापछि धनधकुटा बजार तनावग्रस्त रहेको छ ।

धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन ३३ दिनबाट जारी आन्दोलन र आम हडतालका कारण जनजीवन प्रभावित भएको छ ।

बुधबार सरकारले प्रदेश नं. १ को अस्थाई राजधानी बिराटनगर तोकेपछि धनकुटाको आन्दोलन थप उग्र बन्ने आशंका गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।