प्रदेश प्रमुखमा पूर्वमन्त्रीदेखि सिएनएन हिरोसम्म…

काठमाण्डौ,माघ ४ । सरकारले प्रदेश प्रमुख सिफारिस गर्दै सात वटै प्रदेशको अस्थायी राजधानी तोकेको छ । दुई पटक बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा १६३ को उपधारा २ अनुसार प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दलले भागवण्डा गरेका हुन् । कांग्रेसको सिफारिसका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखका लागि सिफारिस गरिएको हो ।

त्यस्तै, मधेस केन्द्रित दलको सिफारिसमा प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ र ५ मा उमाकान्त झा सिफारिस भएका छन । सुब्बा पूर्वाञ्चल विश्वविद्यालयका पूर्वसहायक डीन, कायस्थ पूर्वसचिव र कोइराला माइती नेपालकी संस्थापन अध्यक्ष एवं सन् २०१० को ‘सिएनएन हिरो’ हुन् । कुँबर पूर्वमहान्यायधिवक्ता, झा पूर्वमन्त्री, खनाल २०४८ सालका राष्ट्रियसभा सदस्य र खनाल यसअघि लाभका पदमा नपुगेका व्यक्ति हुन् । सरकारको सिफारिसअनुसार राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गरेपछि प्रदेशसभाको निर्वाचन परिणाम घोषणा र प्रदेशसभा सदस्यको सपथ ग्रहणको बाटो खुल्ने छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी पनि तोकेको छ । सरकारको निर्णयअनुसार प्रदेश १ को अस्थायी राजधानी विराटनगर, २ को जनकपुर, ३ को हेटौडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र सातको धनगढी कायम भएको हो ।

प्रदेश नम्बर एकको अस्थायी राजधानी धनकुटा, पाँचको दाङ, सातको दिपायल बनाउनु पर्ने मागमा ति क्षेत्रमा आन्दोलन भइरहेका बेला सरकारले अलग ठाउँमा राजधानी तोकेको हो । प्रदेश नम्बर ३ को अस्थायी राजधानी ललितपुर र हेटौंडामध्ये कहाँ बनाउने भन्ने विवाद थियो । सरकारले अहिले तोकेको अस्थायी राजधानी प्रदेशसभाले परिवर्तन गर्न सक्ने छ । संविधानको धारा २८८ को उपधारा २ ले प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी तोक्ने व्यवस्था गरेको छ । – न्यूज24 बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।