धनकुटाको कर्फ्यू कहिले सम्म ? – यस्तो छ प्रजिअको भनाई…

दल र सभासद्हरुद्वारा भत्सना

धनकुटा खबर । बिभिन्न सरकारी कार्यालयहरु र सवारीसाधनहरुमा आगजनी र तोडफोड भएकापछि धनकुटामा जारी निशेधाज्ञा (कर्फ्यू) जारी रहेको छ ।

आज दिउँसो करिव साढे १२ बजेबाट लगाईएको उक्त कफ्र्यू प्रशासनलाई मनासिव नलागे सम्म जारी रहने धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले जानकारी दिनुभयो ।

आन्दोलनकारीहरुले क्षेत्रीय प्रशासन,सिंचाई कार्यालयको मेटरसाईकलमा आगजनी र जिल्लाका बिभिन्न सरकारी कार्यालयहरु र धनकुटा नगरपालिकाको दमकल,प्रहरीको गाडी तोडफोग गरेपछि धनकुटामा कफ्र्यू लगाईएको थियो ।

आन्दोलनका क्रममा आन्दोलनका संयोजक सुनदरबाबु श्रेष्ठ,नेपाली काँग्रेसका कोषाध्यक्ष दिनेश राई लगाएत ९ जना घाईते भएका छन् ।

यस बिषयलाई लिएर धनकुटाको प्रहरी,प्रशासनले धडपकड गरेको भन्दै जिल्लाका ४ प्रमुख दल र प्रतिनीधि र प्रदेश सभाका प्रतिनीधिहरुले छुट्टा–छुट्टै बिज्ञप्ती जारी गरेर यसको भत्सना गरेका छन् ।

नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,संघिय समाजवादी फोरम नेपाल र पतिनीधि सभाका सभासद् राजेन्द्र राई तथा प्रदेश सभा क र ख का सभासद् द्वय निरन र ईन्द्रमणी पराजुलीले छिुट्टा–छुट्टै बिज्ञप्ती निकालेर बिरोध गरेका छन् । कर्फ्यू समय को यो भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।