भारतले नेपालको सिमा मिचेपछि पुरै टिम लिएर बिरगंज पुगे रबि !, बिरगंजबाटै भारतलाई दिए यस्तो चेताबनी (हेर्नुहोस भिडियो सहित)

भारतले कब्जा गरेको नेपालको जग्गाबारे बेजोड आवाज उठाउने रविको उद्घोष

सीमा स्तम्भ निर्माण गर्ने क्रममा वीरगन्ज महानगरपालिका–१ बजार छपकैयाँको ५० बिघा नेपाली भूभाग भारतमा पर्ने भएको छ । वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा एक्कासि सीमा स्तम्भ गाडिएपछि स्थानीय बासिन्दा आश्चर्यमा परेका छन् । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निर्माण गर्ने क्रममा उक्त क्षेत्रको भूभाग भारततिर पर्ने भएको हो र यहि बिषयलाई रविले आज माघ ४ गतेको सिधाकुरामा उठाउने भन्दै उक्त क्षेत्रको लागि प्रस्थान गरेका छन् ।

न्युज २४ को चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’को आजको इपिसोड स्पेशल हुने भएको छ । छिमेकी राष्ट्र भारतसँगको खुल्ला सीमानाको कारण सिमाना क्षेत्रको नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले विभिन्न प्रकारका समस्याहरु भोग्दै आएका छन् ।

त्यसोत, नेपाल र भारतको सीमा स्तम्भको हराउने तथा नेपालको भुमीलाई अतिक्रमण गर्ने कार्य रोकिएको छैन भने अझ झन झन बढ्दै गएको छ ।

यसै सन्दर्भमा यसै खास बिषयबस्तुमाथि न्युज २४ को कार्यक्रम सिधाकुरा जनतासँगको आजको इपिसोड भारतले मिच्दै आएको स्थानबाट नै प्रत्यक्ष प्रसारण गर्दैछ । सिधाकुराको टिमले आजको इपिसोड वीरगञ्ज महानगरपालिकाको छप्कैया भन्ने ठाउँबाट प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।
अहिले भारतले सीमा स्तम्भ गाड्ने नाममा नेपालको ५० विघा भन्दा बढी जमिन मिचिरहेको छ । यसरी भारतले नेपालको जमिन मिचिरहँदा नेपाल सरकार भने चुपचाप छ ।

त्यसैले सिधाकुरा जनतासँगको टिम आफ्नो भुमिको वास्तविकता जान्न, दबाब दिन कार्यक्रमको आजको इपिसोड सोही ठाउँबाट प्रत्याक्ष प्रसारण गर्न लागेको कार्यक्रमका प्रस्तोता रवी लामिछानेले फेसबुक लाइभ गर्दै जानकारी गराएका छन् ।

प्रस्तोता रवीले फेसबुकमा लाइभ गर्दै भनेका छन्, ‘हाम्रो कार्यक्रमले सर्वसाधारणको आवाजलाई उठाउँदै आएको छ । मुलुकको आफ्नो भुमिको वास्तबिता जान्न र दबाब सिर्जना गर्न हामीले आजको कार्यक्रम वीरगंजबाट लाइभ गर्दैछौं ।’

कार्यक्रम सिधाकुराको टिमलाई खतरा हुन्छ कि भन्ने सन्दर्भमा प्रस्तोता रवी लामिछानेले सुरक्षाको प्रबन्ध मिलाइएको बताउँदै आफ्नो दर्शकहरुलाई आफ्नो सुरक्षाको बारेमा चिन्ता नलिन आग्रह पनि गरेका छन् ।

त्यस्तै बाधा नआएको खण्डमा कार्यक्रमको आजको इपिसोड वीरगञ्जबाट प्रत्यक्ष प्रसारण गर्ने बताउँदै आजको विशेष इपिसोड सबैले हेर्न पनि आग्रह गरेका छन् ।

https://youtu.be/YH9z0h9mO40



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।