धनकुटा तातेको छ कर्फ्यू लागेको छ, के हुँदैछ काठमाडौंमा ?

धनकुटा खबर । यो चिसो मौसममा प्रदशेको राजधानीको आन्दोलनले धनकुटा तातेको छ । बिहीबारदेखि प्रदेश नं. १ को राजधानी माग गर्दै भएको प्रदर्शन रोक्न स्थानीय प्रशाषनले कफर्यु नै लगाएको छ ।

विहान साँढे ११ बजेदेखि लागेको अनिश्चितकालीन कफर्युले धनकुटाको जनजीवन थप कष्टकर बनेको छ । बजार बन्द छ भने कुनै पनि सवारी साधन चलेका छैनन् ।

प्रादेशिक राजधानी बिराटनगर तोकेको विरोधमा आक्रोसित धनकुटेलीले क्षेत्रीय प्रशाषन कार्यालयमा आगो लगाए । आन्दोलन परिचालन समितिको अगुवाईमा क्षेत्रीय प्रशाषन कार्यालय पुगेका आन्दोलनकर्मीले आगो लगाउँदा कार्यालयका २ थान कम्प्युटर, १ थान डेक्सटप, प्रिन्टर, आईपिफोन, एसी स्क्यानर मेसिन, टेबल, कुर्सि १२ थान जलेको र हेल्लो सरकारको कोठापूर्ण रुपमा जलेको छ ।

के हुँदैछ काठमाडौंमा ?

धनकुटामा त्यसरी प्रदेशको आन्दोलन उग्र बन्दै गर्दा काठमाडौंमा के भइरहेको छ भन्ने धेरैलाई थाहा नहुन पनि सक्छ । धनकुटामा जस्तो आन्दोलन उग्र नभए पनि सुस्त गतिका काठमाडौंमा रहेका धनकुटेलीले आन्दोलन गरिरहेका छन् ।

खासगरी बुधबारसम्म काठमाडौंमा मन्त्री परिषदको बैठक बस्ने दिन पारेर धर्ना र प्रदर्शन हुँदै आएको थियो । तर, विहीबार भने प्रदशे नं. १ को अस्थायी मुकाम विराटनगरलाई तोकेको विरोधमा माइतीघर मण्डलामा धर्ना र प्रदर्शन गरिएको छ ।

बिहीबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रतिनिधिसभाका सांसद राजेन्द्र राईले सरकारले धनकुटालाई प्रदेशको अस्थायी मुकाम नतोकेर गल्ती गरेको आरोप लगाए । ‘भौगोलिक रुपमा पनि उचित र भौतिक संरचना भएको ठाउँमा प्रदशेको अस्थायी मुकाम तोक्नुपर्नेमा हचुवाको भरमा यो सरकारले गल्ती गरेको छ’ राईले भने, ‘सरकारको यो कदम धनकुटेली जनताका लागि कदापी स्वीकार्य हुँदैन ।’

सो प्रदर्शनमा प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठ, लिला सुब्बा, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई लगायतले पूर्वी पहाडलाई वेवास्ता गर्दै सरकारले अस्थायी मुकाम विराटनगर तोकेकोमा आक्रोस पोखेका थिए । माइतीघर मण्डलामा भेला भएका धनकुटेलीले बबरमहल, बिजुलीबजार हुँदै माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।