प्रधानमन्त्री देउवा असफल भएको भएको भन्दै प्रकाशमानले मागे राजिनामा, कारबाहीको धम्की नदिन चेतावनी

काठमाण्डौ, ५ माघ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको राजिनामा मागेका छन् । सिंहले आजको केन्द्रिय समिति बैठकमा बोल्दै चुनावमा कांग्रेसले हार्नुको प्रमुख जिम्मेवारी सभापति लिनुपर्ने र राजिनामा दिएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरेका हुन् ।

तपाईको नेतृत्व असफल भएको छ, समानुपातिकको भोट देखाएर उम्किन पाउनुहुन्न भनेर सिंहले देउवालाई दबाब दिएका थिए ।
देउवा लगायत उनका पक्षधरहरुले समानुपातिकमा कांग्रेसको मत नघटेको उदाहरण दिदै प्रत्यक्षतर्फ हार्नुको कारण व्यक्तिगत रुपमा हारेका नेताहरुले नै लिनुपर्ने तर्क गर्दै आएका छन् ।

तर सिंहले भने हारेका नेतालाई व्यक्तिगत रुपमा जिम्मेवार बनाएर सभापति उम्कन नमिल्ने बताएका छन् ।

सिंहले अनुशासन कारबाहीको धम्की नदिन पनि देउवालाई चेतावनी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा सिंहले देउवामाथि पार्टीम मनपरी गरेको र २–४ जना नेतालाई लिएर हिँडेको आरोपसमेत लगाए । सुजाता कोइरालाबाहेक अरुलाई समानुपातिकमा नदोर्होयाउने केन्द्रीय कार्यसमितिको निर्णय भएपनि त्यसलाई उल्लंघन गरेको उनको आरोप छ ।

‘पार्टी बैठकमा, बाहिर कस्तो बोल्यो भनेर अनुशासनको कारबाहीको डर धम्की दिने काम नगर्नुहोला’ उनले भनेका छन्, ‘हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका हौं । तपाईदेखि डराउने कुनै छैन ।’

नेता शेखर कोइरालाले संसदीय समितिमा नबस्ने घोषणा गरे । रामचन्द्र पौडेल पक्षीय नेताहरुले विधान विपरित भएको भन्दै संसदीय समिति भंग गर्न माग गरेका छन् ।

शुक्रबारको बैठकमा बलबहादुर केसी, बालकृष्ण खाँडल बद्री पाण्डे लगायतले बोलेका थिए । बैठक अपराहृन ४ बजे बस्ने गरी स्थगित भएको छ ।
देउवा पक्षले चाँही आरोप प्रत्यारोप गरेर नगरी पार्टीलाई बलियो बनाउनुपर्ने तर्क गरेका थिए । सभापतिलाई मात्रै दोष दिन नहुनेमा देउवा पक्षिय नेता बालकृष्ण खाँडले जोड दिएका छन् । – रिपोर्टर्स नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।