नवराज सिलवाल नेपाल आए, ललितपुरमा के गर्दैछन् ?

ललितपुर, ६ माघ । ललितपुर–१ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद एवं पूर्वडिआईजी नवराज सिलवाल हाल भागेर मलेसिया गएको दाबीसहित समाचार आइरहेका बेला उनले भने आफू ललितपुरमै रहेको बताएका छन् ।

उनले आफू कतै नगएको र ललितपुरका जनताकै बीचमा रहेको सिलवालले बताए । उनले आफूमाथिको आरोपको जनताकै बीचमा बसेर सामना गर्नसमेत तयार रहेको उल्लेख गरे । काठमाण्डुटुडेको सम्पर्कमा आएका सिलवालले जनताले अत्याधिक बहुमतले जिताएको जनप्रतिनिधिका नाताले आफू जनताकै बीचमा रहेको दाबी गरे । आफ्ना विपक्षी प्रहरी महानिरीक्षक प्रकाश अर्याल र महानिरीक्षक बन्नबाट रोक्न सक्रिय व्यक्तिहरुले बदनाम गराउन पक्राउ पुर्जी जारी गरिएको हल्ला चलाएको सिलवालले बताए । आफू मलेसियामा एक कार्यक्रममा सहभागी भएर नेपाल फर्किइसकेको दाबी उनले गरे ।

‘म नेपालमा हुँदा पक्राउ नगरेको प्रहरीले पूर्वनिर्धारित कार्यक्रममा मलेसिया जाँदा बदनाम गराउन हल्ला पिटाइयो’, सिलवालले भने, ‘तथाकथित सरकारी कागज किर्ते प्रकरणमा अनुसन्धनमा सहयोग गर्न तयार छु । तर, पूर्वाग्रहपूर्ण तवरले मेरा विपक्षीले छानबिन गर्ने र उनीहरुले नै बयान लिन काम मान्दिन ।’ सिलवालले सरकारी पक्षले नै कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोप लगाउँदै त्यसबारे छानबिन गर्न छुट्टै अधिकार सम्पन्न आयोग गठनको माग गरे । ‘प्रकाश अर्याल र म दुवैजना प्रहरी महानिरीक्षकका दाबेदार हौं । त्यस हिसाबले प्रकाश मेरो झगडिया हो, उनले ममाथि छानबिन गर्दा कसरी न्याय होला भन्ने विश्वास गर्ने ?’

‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षिलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ । सत्यको जगमा त्यसको डटेर सामना हुनेछ’, शुक्रबार ट्वीट गर्दै सिलवाले भनेका छन् । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सिलवालले पेस गरेको कार्यसम्पादन मूल्यांकन र सरकारले बुझाएको कार्यसम्पादन मूल्यांकनको नम्बर फरक परेको भन्दै त्यसबारे छानबिनका लागि निर्देशन दिएपछि काठमाण्डु प्रहरी परिसरले सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सुरुमा ललितपुर प्रहरीमा मात्र पठाइएको पक्राउ पुर्जी केही निदअघि देशभरका प्रहरी युनिटहरुमा फरवार्ड गरिएको छ । – काठमाण्डुटुडेबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।