प्रचण्डले भने,- जनयुद्ध र माओवाद छाडेर एमालेसँग एकता हुँदैन

काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा भएको १० वर्षे सशस्त्र जनयुद्धको अपमान हुने गरी एमालेसँग एकता नहुने बताएको काठमाण्डू टुडेमा खबर छ ।

उनले राजतन्त्र अन्त्य र गणतन्त्र स्थापना, संघीयता, समावेशीता, धर्मनिरपेक्षा जस्ता उपलब्धी जनयुद्धकै कारण सम्भव भएको भन्दै जनयुद्ध छाडेर एकता नगर्ने स्पष्ट गरे । पार्टीनिकट जनसांस्कृतिक महासंघेल पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार गरेको कार्यक्रममा प्रचण्डले जनयुद्ध र माओवाद छाडेको हल्ला चलेको भन्दै त्यसमा सत्यता नरहेको बताए ।

‘हामीले जनयुद्ध र माओवाद छाड्यौँ, जबज स्वीकार गरिसक्यौं भन्ने कुरा विलकुल हल्ला मात्रै हो’, कार्यकर्तालाई आश्वस्ता पार्दै उनले भने, ‘हामी हाम्रो गौरवपूर्ण इतिहास र आधारभूत मुद्धा छाडेर एकता गर्न सक्दैनौं ।’ एमाले अध्यक्ष केपी ओलीसँग पहिलोपटक शुक्रबार मात्र आफ्नो वैचारिक विषयमा कुराकानी सुरु भएको भन्दै उनले हल्लाका पछि नलाग्न पार्टी पंक्तिलाई आग्रह गरे ।

उनले विगतमा एकताका लागि बहस चलाउने विश्वभक्त दुलाल ‘आहूति’ लगायत नेता नै एकताको विरोधमा देखिएकामा आश्चर्य प्रकट गरे । उनले एकताबारे कसैले भ्रमपूर्ण सोच पालिरहेको भए आफू छलफलका लागि तयार रहेको समेत बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।