५ महिनामा ओली र प्रचण्ड को १७ भेट, एकताका लागि कति प्रगति ?

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता प्रक्रिया निर्णायक विन्दुमा पुगेको छ । व्यापक छलफलमा भएका सहमतिका आधारले एकता प्रक्रिया निर्णायक विन्दुमा पुगेको नेताहरूले बताएका छन् । आजको जनता पोष्टमा खबर छ- दुई दलका अध्यक्षबीच भएका भेटमा प्राविधिक कुरामा भएका सहमतिलाई अाज (आइतबार) बस्ने पार्टी एकता संयोजन समितिले मस्यौदा तयार पारेपछि एकता प्रक्रिया तीव्र गतिमा बढ्ने छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठकले एकता संयोजन समितिको बैठक राखेर देखिएका अड्चन समाधान गर्न सहमति भएपछि निर्णायक विन्दूमा पुगेको स्राेतकाे दावी छ । ‘अध्यक्षहरूको छलफलले एकता प्रक्रिया अन्तिम विन्दूमा पुगेको छ । दुई पार्टीको विचार र संगठन व्यवस्थापनका लागि कार्यदल बनाएर त्यसले सहमति जुटाउने समझदारी भएकाे एमाले नेता विष्णु पौडेलले बताए ।

यसअघिका अधिकांश बैठक तथा छलफलले एकताका लागि सिद्धान्त, सांगठनिक संरचना, पदीय व्यवस्थापनलगायतका विषयमा ठोस सहमति जुटाउन नसकेका दुवै पक्ष पछिल्ला केही दिनयता एकताका विभिन्न आधारमा नजीक देखिएका छन् । तर, एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषय अहिलेसम्म टुंगो लागेको छैन ।

‘नेतृत्व कस्तो र कति संख्याको बनाउने, गाउँ–नगर, प्रदेश कमिटीहरूको समायोजन कसरी गर्ने र सरकार गठनमा कसरी कार्यविभाजन गर्ने भन्ने प्रश्नमा कार्यदलले सहमति जुटाउँछ,’ पौडेलले भने ।

ओली र प्रचण्डलाई पार्टीको नेतृत्वमा शीर्ष नेतृत्व कायम गर्ने वा एमालेको हालको पदाधिकारीलाई यथावत राखेर माओवादीबाट केही शीर्षनेताहरू थप्ने भन्ने विकल्पमा पनि नेताहरू परामर्शमा छन् । एमालेको वर्तमान केन्द्रीय कमिटीको संख्यालाई ६० प्रतिशत आधार बनाएर माओवादीबाट ४० प्रतिशत थपेर महाधिवेशन आयोजक कमिटी बनाउने भन्ने विकल्पमा पनि छलफल भइरहेको नेताहरूले बताए । आइतबार एकता संयोजन समितिको बैठकले यस विषयमा निर्णय लिनेछ ।

ओलीसँगकोे छलफलबाट पार्टी एकताको ठोस एजेन्डालाई अन्तिमरूप दिनेगरी आवश्यक तयारी गरिएको माओवादी अध्यक्ष प्रचण्डले बताए । शनिबार ओलीसँगको भेटपछि संवाददातालाई दिएको छोटो प्रतिक्रियामा प्रचण्डले भने,‘संयोजन समितिको बैठक बस्ने सहमति भएको हो । बैठकका एजेण्डा र लिने निर्णयबारे छलफल भएको छ ।’

आइतबार बस्ने एकता संयोजन समितिको बैठकमा प्र्रदेश सरकार र राष्ट्रियसभा निर्वाचनबारे गृहकार्य गर्न बनेको कार्यदलले औपचारिक प्रतिवेदन बुझाउनेछ । कार्यदलले राष्ट्रियसभामा ४३ सिटमा उम्मेदवारी दिने र जसमा २९ एमाले र १४ माओवादी केन्द्रले पाउने समझदारी भइसकेको छ । माओबादीले प्रदेश ६ र७ मा गरी २ मुख्य मन्त्री र अरू ४ वटा प्रदेशमा सभामुख मागे पनि मुख्यमन्त्री र सभामुखबारे भने सहमति आइतबारै जुट्ने बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।