नेपाली कुप्रथा छाउपडी बारे भारतीय मिडियामा समेत यसरि चर्चा गरींदै
नेपालको शुदुरपश्चीम जिल्लाहरुमा कायम रहेको छाउपडी प्रथालाई भारतीय अनलाईन मीडीयाहरुमा बडो चासोका साथ लिईएको पाईएको छ ।

ती मीडीयाहरुमा नेपालको पश्चीमी जिल्लाहरुमा युवती तथा महिलाहरुलाई महिनावारी भएको समयमा आफ्नो घर बाट निकालीन्छन् भनीएको छ साथै महिलाहरुलाई महिनावारी भएको समयमा घरमा राख्दा अशुभ हुने मानीन्छ भनीएको छ ।
समाचारमा के पनि भनीएको छ भने केही समय अघि यसरी नै महिनावारी भएको समयमा एक युवतीलाई घरबाट बाहिर निकालीदिंदा उनको मृत्यु भएको समेत बताईएको छ ।
२१ औं शताब्दी मा आइसक्दा पनि अन्य कुरामा विदेशको अनुशरण गर्न खोज्ने नेपालमा अझै पनि छाउपडी कायम रहनु निन्दनीय छ आश्चर्य मान्दै यहि बिषय विश्वका अन्य मुलुकले समाचार बनाउन थाल्दा समेत परिवर्तन हुन नसक्नु दुर्भाग्य मान्न सकिन्छ ।


