सीमा क्षेत्रमा देखिएको समस्याको बारेमा अध्ययन गर्न वीरगञ्ज पुगेको अनेरास्ववियु र अखिल क्रान्तिकारीको टोलीले गर्यो यस्तो घोषणा
वीरगञ्ज, ७ माघ । सीमा क्षेत्रमा देखिएको समस्याको बारेमा अध्ययन गर्न अनेरास्ववियु र अखिल क्रान्तिकारीको टोली वीरगञ्ज पुगेको छ । अनेरास्ववीयुको अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोली वीरगञ्ज पुगेको हो ।

दुवै विद्यार्थीको टोलीले यतिबेला वीरगञ्ज महानगरपालिका वडा नंं. १ छप्कैयामा भारतीयद्धारा मिचिएको जंगे पिल्लर अनुगमन गर्दैछन् । सरकारी टालीका साथमा विद्यार्थी टोलीले अनुगमन गरिरहेको अनेरास्वीयु प्रचार विभाग प्रमुख प्रवक्ता सुदिप शर्मा लाईट नेपाललाई बताए । पुरानो खोलालाई आधार मानेर हेर्दा नेपालको सिमा खोलाले छुट्याएको हुनु पर्ने तर खोला भन्दा सय मिटर वारी नै नेपाली भुमि तिरै पिलर कतिपय ठाउँमा गाडि सकेको र कतिपयमा गाड्नलाई खाल्डो खनिएको देखिएको छ ।
अनुगमनमा गाएका अनेरास्वीयु क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले दशगजामा नेपाली पक्षले भन्दा बढी भारतीय पक्षले बस्ती बसाएको र खेतिपाती गर्न लगाएको बताउँदै त्यसको अन्त्यका लागि पनि दुवै संगठनले दवाव दिने बताए ।
त्यसैगरि अनुगमनमा गएकी अनेरास्ववियुका अध्यक्ष नविना लामाले सीमा क्षेत्रमा देखिएको समस्याको दिगो समाधानका खोज्नुपर्नेमा जोड दिइन् । उनले भनिन् ‘ किन भारतीयहरु विभिन्न नामबाट नेपालको जमिन मिच्छन् । यसको अब दीर्घकालीन समाधन खोजिनुपर्छ ।’अध्यक्ष नवीनाले सीमा क्षेत्रमा स्थलगत अध्ययन गरेर फर्केपछि नेपाल सरकार र भारतीय सरकार दुवैको ध्यानाकार्षण गराउने पनि बतार्इन् । उनले भनिन्, ‘ अब त्यसको दीर्घकालीन समस्या समाधान हुनुपर्छ, त्यसका लागि हामी दुवैतर्फका विद्यार्थीहरुले दवाव दिन्छौं ।’
नेपाल र भारतबीच सन २००७ मा भएको पछिल्लो सम्झौता अनुसार अहिले ‘स्ट्रिप म्याप’का आधारमा सीमा क्षेत्रमा हराएका वा जीर्ण बनेको पिल्लर मर्मत र निर्माणको काम भइरहेको छ ।

– लाईट नेपालबाट


