नेपाली जमीन मिचीएकोबारे बोल्यो भारत, अब १ ईन्च पनि बढि जग्गा खान सक्दैन, नेपालबाट चालियो यस्तो कदम !
भारतीय पक्षले बनाइरहेको सीमास्तम्भ रोक्न माग
भारतीय पक्षले बनाइरहेको सीमास्तम्भ रोक्न माग
काठमाडौं । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले पर्साको वीरगंज महानगरपालिका–१ छपकैयामा भारतीय पक्षले नेपाली भूमि मिचेर बनाइरहेको सीमास्तम्भ तत्काल रोक्न माग गरेका छन्।

अनेरास्ववियूका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले आइतबार संयुक्त विज्ञप्ति जारी गरी भारतीय पक्षले नेपाली भूमि मिची सीमास्तम्भ गाडेको भन्दै नेपाल पक्षको भूमिको भोगचलनलाई लत्याएर बनाइएको सीमास्तम्भ र गुमराहमा राखिएको सीमानक्सा अविलम्ब पुनरावलोकन गर्न माग गरेका छन्।
विज्ञप्तिमा कूटनीतिक तवरबाट सीमा समस्याको स्थायी समाधान गर्न पनि सरकारसँग आग्रह गरिएको छ। विज्ञप्तिमा छपकैयामा भारतीय पक्षले मुख्य स्तम्भबाट ३९१ देखि ३९३ सम्म १३८ फिटको दरले तीन किलोमिटरसम्म ठाउँठाउँमा नेपाली भूमि मिचिएको उल्लेख गरिएको छ।
‘नेपालीले वर्षौदेखि भोगचलन गर्दै आएको र नेपाल सरकारद्वारा वितरित लालपुर्जा समेतको प्रमाण हेर्दा करिब ५० बिघाभन्दा बढी नेपाली जमिन मिचिएको छ’–विज्ञप्तिमा भनिएको छ, ‘सुगौली सन्धिताकाको नदी सीमानाको हवाला दिएर तयार गरिएको सीमा नक्सा नै गलत रहेको र त्यसैमा गम्भीर राष्ट्रघात भएको ठहर छ।’ दुवै विद्यार्थी संगठनको टोलीले आइतबारै छपकैयामा पुगी अवलोकनसमेत गरेको छ।
नेपाली जमीन मिचीएकोबारे बोल्यो भारत, अब १ ईन्च पनि बढि जग्गा खान सक्दैन, नेपालबाट चालियो यस्तो कदम ! – हेर्नुहोस् एक भिडियो रिपोर्ट
https://youtu.be/v7dUmAKNBeA


