बन्दले धनकुटा लगाएत ४ जिल्लाको जनजीवन अस्तव्यस्त, रिफर गरिएका बिरामीहरु उपचारगर्न जान पाएनन्
धनकुटा खबर । प्रदेश नं. १ को राजधानी धनकुटा तोक्न माग गर्दै धनकुटावासीले गरिरहेको आमहड्तालका कारण कोशी पहाडी जिल्लाहरुको जनजिवन अस्तव्यस्त बनेको छ ।

आमहडतालका कारण कोशी राजमार्गको धनकुटा सडकखण्डमा सवारी साधन सञ्चालनमा आएका छैनन् । जसका कारण धनकुटा तेह्रथुम, संखुवासभा र भोजपुरको ढुवानी र यातायातसेवा ठप्प छ ।
३८ औ दिनदेखि धनकुटालाई प्रदेशको राजधानी माग गर्दै गरेको आन्दोलनका कारण पूर्वि पहाडी जिल्लामा सवारीसाधन सहज रुपमा आवत जावत गर्न नसक्दा यात्रुहरु मारमा परेका छन् ।
आमहड्ताल जारी रहे पूर्वी पहाडी जिल्लामा खाद्यान्य अभाव हुन सक्ने बताइएको छ । भोजपुर, तेह्रथुम, संखुवासभा जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीहरु धरान, विराटनगर, काठमाण्डौँ लगायतका जिल्लामा गएर उपचार गराउन नसकी सामान्य उपचार गरी जीवन यापन गरिरहेका तेह्रथुमका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताउनु भयो ।
किसानहरुले लगाएको नगदेबालिलाई समेत बन्दले प्रभाबित बनाएको छ । यातायात सञ्चालन हुन नसक्दा आबश्यक सामानहरु धरान, ईटहरी, काठमाण्डौंबाट ल्याउन नसकिएको स्थानिय व्यापारी बताउछन ।
धनकुटा बाहेकका पहाडी जिल्लामा बिद्यालय, पसलहरु खुलेका भएतापनि आबश्यक समानहरु धरान धनकुटा हुदै लानुपर्ने भएकाले आबश्यक सामाग्री ल्याउन कठिनाई भएको छ ।
उपभोग्य सामानहरु अन्य जिल्लाबाट ल्याउन नसक्दा ब्यापार ठप्प भएको हुदा पसल र घरको भाँडा सम्म पनि तिर्न मुस्किल परेको तेह्रथुमका स्थानिय ब्यापारी दिपक कट्टेल बताउनु हुन्छ ।
प्रादेशिक राजधानीको माग राखि चलेको आन्दोलन उग्र बनेपछि गत बिहिबार देखि धनकुटा प्रशासनले सदरमुकाम धनकुटा बजारमा लगाएको निषेधाज्ञा आज दिउँसो तीनबजेबाट हटाएको छ ।
आन्दोलनकारीका बिरोधका कार्यक्रम केहि शान्त बन्दै गएकाले आज अपराह्न्न तीन बजेदिख भोली बिहान सात बजेसम्मका लागि निषेधाज्ञा हटाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।


