देउवाका कारण प्रहरीमा हलचल, यस्तो छ कारण…

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले ३० बर्षे प्रावधान हटाउने तयारी गरेपछि नेपाल प्रहरीभित्र हलचल मच्चिएको छ । ३० बर्षे प्रावधान हटाउने गरी मंगलबार राष्ट्रपतिबाट अध्यादेश जारी गराउने तयारी गरेपछि प्रहरीभित्र हचलच मच्चिएको हो । सरकार छाड्ने बेलामा देउवाले ल्याउन लागेको नयाँ नीतिले नेपाल प्रहरीको प्रमुख बन्ने लाइनमा रहेका अब्बल प्रहरी अधिकारीहरु त्यसै घर जानुपर्ने अबस्था सिर्जना हुने देखिएको छ ।

स्रोतका अनुसार, ३० बर्षे प्रावधान आएमा अहिले दौडमा रहेका पुष्कर कार्की, सर्वेन्द्र खनाल र रमेश खरेल प्रहरी प्रमुख बन्न पाउने छैनन् ।

त्यसो भए को बन्छ त प्रहरी प्रमुख ?

नेपाल प्रहरीका प्रमुख प्रकाश अर्यालको कार्यकाल आगामी चैतमा सकिँदैछ । अर्यालसँगै एआइजीहरु जयबहादुर चन्द र बमबहादुर भण्डारीले पनि आगामी दुई महिनामै बिदा लिनेछन् ।

त्यसपछि प्रहरीको प्रमुख बन्ने लाइनमा छन्, सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की । उनीहरु तिनजनामध्येबाटै एक जना आइजी हुने अहिले पक्कापक्की देखिएको छ । तर, सेवाअवधि ३० बर्षे हटाएर ३२ बर्षे बनाएमा गणेश केसी, विजय भट्टका लागि प्रमुख बन्ने ढोका खुल्नेछ ।

गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने आफूले यसअघि नै आइजी बनाउन जयबहादुर चन्दलाई प्रमुख बनाउने प्रयत्नमा अझै देखिएका छन् । यसअघि देउवाले चन्दलाई च्याप्नुमा सुदूरपश्चिमको नाता थियो । सुदूरपश्चिमको नाताले उनले विजय भट्टलाई अघि सार्ने सम्भावना पनि उत्तिकै छ । दैनिक नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।