उपत्यका मा एउटै इञ्जिनमा ४-५ वटा आफै गुड्ने बस आउने

काठमाडौं । उपत्यकामा जापानी सहयोग नियोग (जाइका)ले अटोमेटेड गाइडवे ट्रान्जिट (एजीटी) प्रणालीको अवधारणा अगाडि सारेको छ। यो स्वचालित यातायात प्रणाली हो । जाइकाको मेट्रो, मोनोरेलजस्ता ‘मास ट्रान्स्पोर्टेसन’भन्दा पनि यो प्रणाली काठमाडौंजस्तो भूगोलमा उपयुक्त हुने सुझाव छ ।

जापानलगायत विकसित मुलुकमा चर्चित यातायात प्रणाली यो एउटै शक्तिशाली इन्जिनयुक्त गाडीमा रेलका जस्तै डिब्बाहरु जोडेर चलाउन सकिने अवधारणामा आधारित छ । तर, त्यसका लागि रेलको लिकजस्तै गुड्न गाइड गर्ने पूर्वाधार निर्माण गर्नुपर्छ । जापानले तयार पारेको ‘काठमाडौं उपत्यका यातायात गुरुयोजना’मा त्यस्तो प्रणाली तत्कालै कार्यान्यवन गर्न सकिने उल्लेख छ । र, जापानले त्यसका लागि औपचारिक प्रस्ताव नै अगाडि सारेको छ ।

एउटा बलियो इन्जिनको गाडी भए ४-५ वटा बस आफैं तान्छ र इन्धन पनि कम खपत हुन्छ । चार वटा रुटमा एजीटी प्रणाली तत्काल कार्यान्वयन गर्न सकिने जाइकाको गुरुयोजनामा उल्लेख छ । तीमध्ये दुई वटा रुटमा ‘पाइलट प्रोजेक्ट’ अगाडि बढाउन सकिने गरी प्रस्ताव आएको यातायात मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

कलंकी-बानेश्वर-तीनकुने र जावलाखेल-महाराजगञ्ज रुटमा त्यसको सम्भाव्यता अध्ययन गर्न सकिने जापानी प्रस्ताव छ ।चक्रपथलाई समेटेर तथा चक्रपथभित्र अर्को एउटा रुटमा एजीटी सञ्चालन गरिने गुरुयोजनामा उल्लेख भएको न्यूज २४ मा खबर छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।