सिलवाललाई पक्रन इन्टरपोलमा सूचना राखेकोमा एमालेको आपत्ति
काठमाडौं, ८ माघ । संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार भई ललितपुर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद नवराज सिलवाललाई अपराधी जस्तो व्यवहार गरेर इन्टरपोलमा सूचना राखेर पक्राउ गर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरी टीमले गरेको तयारी र हल्लाले एमाले आक्रोसित भएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा सोमबार बसेको एमाले स्थायी समिति बैठकले नवराज सिलवललाई इन्टरपोलमा सूचना राखेकोमा सरकार र प्रहरीको कडा आलोचना गरेको छ सभासदमा बिजयी भएकालाई येसरी चोर जसरी अपमानित गर्नु दुर्भाग्य भएको ठहर गरेको छ ।
एमाले सांसदलाई छानी छानी विभिन्न अभियोगमा आरोपित गर्ने र अपराधी जस्तो व्यवहार गर्ने व्यवहार प्रतिशोधपूर्ण भएको भन्दै भत्र्सना गरेको छ ।


